After SEE Portal

कार्यढाँचा पालना गर्न शिक्षा मन्त्रालयको अपील

Bridge Course

कोभिड–१९ को समस्या पुनः देखिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना गर्न विद्यालयहरुलाई अपील गरेको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले आज प्रेस विज्ञप्ति जारी गरी विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको कार्यढाँचा पूर्ण रूपमा अनुसरण गर्न अपील गरेका हुन् ।

उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारवाट निर्णय भएबमोजिम गर्नगराउन पुनः अनुरोध गरिएको र उक्त कार्यढाँचा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्ने सकिने विज्ञप्तिमा जनाइएको छ ।

आजै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोभिड–१९ को सङ्क्रमण र त्यसबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएको हालको सन्दर्भमा यसबाट शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको थियो ।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिमा सम्बन्धित सबै सरोकारवालाले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको स्पष्ट गरिएको छ ।

सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्न, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरिएको जनाइएको छ । यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालयले अनुरोध गरेको छ  । 

A Levels MA