CMAT

सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइने

Bachelors Portal

कक्षा १२ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा समेत उत्तर लेख्न पाउनेभएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले सो विषयको परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजीमा हुने निर्णय गरेको छ । यस निर्णयबाट विद्यार्थीलाई निकै राहत पुग्ने भएको छ । 

सो विषयको नेपाली भाषामा पठनपाठन गर्नुपर्ने र परीक्षा पनि नेपाली भाषामा नै दिनुपर्ने अनिवार्य व्यवस्था थियो । यसबारेमा शिक्षक तथा विद्यार्थीले निकै विरोध गर्दै आएका थिए । गत वर्ष परीक्षामा नेपाली माध्यममा नै उत्तर लेख्नुपरेको थियो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीले प्रश्न बुझ्न सकून् भनेर अङ्ग्रेजी माध्यममा समेत नमुना प्रश्नपत्र तयार गरेर वेबसाइटमा राखिएको बताउँदै भने, “त्यसरी वेबसाइटमा राख्दा धेरै विद्यार्थी र शिक्षकले सकारात्मक लिए । उनीहरुले अङ्ग्रेजी माध्यममा पनि परीक्षा दिन पाउने माग राखे । उनीहरुको माग र चाहना उपयुक्त लाग्यो । त्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ ।”

उनले वैशाख २९ गते हुने सामाजिक विषयको परीक्षामा प्रश्नपत्रसमेत दुई भाषामा नै सोधिने स्पष्ट गरे । 

राष्ट्रिय पाठ्यक्रम प्रारुपले सामाजिक विषयको पठनपाठन नेपाली भाषामा नै गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । उत्तर लेखनमा भाषागत माध्यम खुला गरे पनि पठनपाठन नेपालीमा नै हुनुपर्ने व्यवस्था कायम छ ।

Thuprai - Books and E-books
I Tech store