After SEE Portal

‘वार्तामा बसेका होइनौँ’

Bridge Course

नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आफूहरु वार्तामा नगएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल तथा अनलाइनमा महासङ्घका पदाधिकारी वार्तामा गएको समाचार सार्वजनिक भएपछि सो गलत भएको भनी खण्डन गरेका छन् ।

महासङ्घका अध्यक्ष कमला तुलाधरले वार्तामा नबसेको बताउँदै भनिन्, “हिजो सुरक्षा व्यवस्थामा समस्या सिर्जना भयो । आज त्यस्तो नहोस् भन्नका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अनुरोध गर्न गएका हौँ । वार्तामा बस्न गएको भनी झुठो प्रचार गरेर बदनाम गराउन खोजिएको छ ।”

उनले सुरक्षा व्यवस्थापनका सन्दर्भमा गृहमन्त्री श्रेष्ठसँग बस्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीलाई पनि आमन्त्रण गरिएको बताइन् । शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी पनि उपस्थित थिए ।

महासङ्घका पदाधिकारीले प्रधानमन्त्री समक्षमात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् ।  

यसैबीच आज काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी विद्यालय गएनन् । 

हिजो कामपा प्रमुख बालेन साहले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका थिए ।

दरबार हाइस्कुलका प्रधानाध्यापक शारदा पौडेलले आज विहान कक्षा ११ का फाट्फुट्ट विद्यार्थी आएको र तिनीहरुलाई फर्काएको बताउँदै भनिन्, “दिउँसोका सिफ्टका अन्य विद्यार्थी आएनन् ।”

पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले आफू यतिबेला विद्यालयमा नै रहेको बताउँदै एक जना पनि विद्यार्थी नआएको बताए । “यस्तो माहोलमा अभिभावक आफैँले विद्यार्थीलाई स्कुलमा नपठाएको हुनसक्छ” उनले भने ।

A Levels MA
Thuprai - Books and E-books