After SEE Portal

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना महामारीका कारण पनिकाको परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि यसअघि रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । ‘कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ’, उनले भने, ‘भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौँ ।’

त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ५ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्ने तयारी गरिसकेको छ ।

त्यसपछि स्नातक तह कानूनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा र दशैँपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ ।

दशैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उनले बताए । दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दशैँपछाडिको परीक्षामा करीब छ लाख परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए ।

योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बाध्यता हटेको छ । ‘हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छौँ’ उनले भने,‘विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन् त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।’

त्रिवि र फाउण्डेशनबीच छात्रवृत्तिमा समझदारी

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनविच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।

फाउण्डेशनद्वारा हिजो आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्व’ विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाका उपस्थितिमा फाउण्डेशनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउण्डेशनले ल्याउने उपर्युक्त योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताए ।

त्रिविका भौतिक शास्त्रका प्राडा विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताए ।

A Levels MA
Thuprai - Books and E-books