A Levels MA

केही पालिकाले ईसीडी र विद्यालय कर्मचारीको तलबको दायित्व लिए, केही पालिकाको उच्च शिक्षामा चासो (साप्ताहिक शैक्षिक गतिविधिअसार ५-११)

वीरेन्द्रनगर ,सैनामैना नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा नै ईसीडी शिक्षकको तलबको दायित्व लिए । केही स्थानीय तहको चासो उच्च शिक्षामा बढी देखियो ।

यो साताभरि संघीय सरकारले आगामी आर्थिक वर्षको २०७८–७९ मो बजेटमा ईसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि संघबाट आठ हजार रुपियाँ र बाँकी दायित्व स्थानीय सरकारलाई प्रदान गरी मासिक १५ हजार रुपियाँ प्रदान गर्न गरेको घोषणा अधिकांश स्थानीय तहलाई टाउँको दुखाइको विषय बनेको छ । तर केही स्थानीय तहले भने आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रममा नै विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तबल सुनिश्चित गरिदिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको लागि मासिक तलब रु.१५ हजार सुनिश्चित गर्ने गर्दै आफ्नो आगामी वर्षको बजेट सार्बजनिक गरेको छ ।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिक र विद्यालय सहयोगीको तलब वृद्धिलाई सम्बोधन हुनेगरी आगामी वर्षको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजारप्रदान गर्ने नीति तथा कार्यक्रमतर्जुमा गरेको छ । पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत गर्दै पालिकाले आफ्नो बजेटबाट बालविकासका शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले प्रदान गर्ने भनेको तलबको सुनिश्चितता गरेको हो ।

रुपन्देहीको सैनामैना नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बाल विकासका शिक्षक र विद्यालय कर्मचारिहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दे नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप विद्यालय बाल विकासका शिक्षकरशिक्षिका र विद्यालयका कर्मचारिहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गरेको द्दोषणा गरेको छ ।

नेपाल सरकारले स्थानीय तहसंगको साझेदारीमा ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने बजेट भाषण मार्फते घोषणा गरेको हुनाले केही स्थानीय तहले नीति तथा कार्यक्रममा नै सो विषय समावेश गरेका हुन् ।

त्यस्तै दाङ्गको बंगलाचुली गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरुका लागि पाँच दिने पर्यटन काजको व्यावस्था दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा उक्त घोषणा गरेको हो ।

काठमाडौ महानगरपालिकाले एक वडा एक नमुना विद्यालयको अवधारणालाई प्राथमिकताम राखेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाको नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न एक बडा एक नमूना विद्यालय विकास गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति लिएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले इन्जिनियरिङका लागि छात्रवृत्ति र एमबीबीएस अध्ययनका लागि आवश्यक शुल्कको प्रबन्ध गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरपालिकाले इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति र एमबीबीएस अध्ययनका लागि आवश्यक शुल्क व्यहोर्ने नीति लिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न तथा असहाय जेहेनदार विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि मेयर छात्रवृत्ति कार्यक्रमको लागू गरी प्रतिवर्ष ९ जनासम्म इन्जिनियरिङमा छात्रवृत्ति तथा दुई जनालाई एमबीबीएस अध्ययन गर्ने विद्यार्र्थी छनौट गरी उसको अध्ययन अवधिभर लाग्ने शैक्षिक शुल्क नगरपालिकाले छात्रवृत्ति मार्फत बेर्होर्ने घोषणा गरेको छ ।

ताप्लेजुङकै सिरिजङ्गा गाउँपालिकाले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेको छ ।

गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबीबीएस पढाउने घोषणा गरेको हो । वर्षमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ । ‘

११ र १२ का विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने समाचारले यो हप्ता चर्चा पाएको छ ।

प्राप्त सूचनाअनुसार सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिए ।

कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषय अध्ययन गर्छन् । केन्द्रका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

२०७८ सालको शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । गत वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

त्रिवि सबै तहका परीक्षा आगामी साउन ५ गतेदेखि

त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षा आगामी साउन ५ गतेदेखि सञ्चालन गर्ने भएको छ।

परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको जानकारी दिए ।

बोर्डको बैठकले स्नातक दोस्रो वर्षका सबै परीक्षा साउन ९ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको पनिकाले जानकारी दियो ।

स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थी परीक्षाको पाईमा बसेका छन् । सबैको परीक्षा ५ गतेदेखि सुरु हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तयारी भइरहेको छ । विद्यार्थीलाई केन्द्र छनोटको अवसर दिएर त्रिविले परीक्षा सञ्चालन गर्ने भएको हो ।

त्रिविले अघिल्ला वर्षमा परीक्षा केन्द्रका रुपमा बढीमा दुई सय ४० केन्द्र मात्र तोक्ने गरेको थियो । यसपटक देशभर करिब ३०० परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीलाई परीक्षामा सामेल गराइने भएको छ । त्यस्तै यो वर्ष बिहानी सिफ्टमा मात्र परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी छ ।

त्रिविले बढीमा १३ किमीको दूरीमा केन्द्र तोक्ने नियन्त्रक जोशीले जानकारी दिए । तराईका वीरगन्ज, जनकपुर र सिराहा जिल्लामा एउटै सहरमा तीनभन्दा बढी केन्द्र पनिकाले तोक्ने भएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो ।

नियन्त्रक जोशीले सेमेस्टर प्रणालीका सबै परीक्षा साउनको दोस्रो सातादेखि हुने तय भएको जानकारी दिए । दसैंपछि स्नातक चौथो वर्षको परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी छ । यस पटक त्रिविले उपत्यकामा मात्र ८० केन्द्र तोकेको छ। हिमाली जिल्लामा विगतमा दुईवटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

Thuprai - Books and E-books