CMAT

आजदेखि बनेपा र धुलिखेलका सम्पूर्ण शैक्षिक संस्था बन्द

Bachelors Portal

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आजदेखि वैशाख मसान्त सम्मका लागि शिक्षण संस्था बन्द गरेका छन् । बनेपा र धुलिखेल नगरपालिकाका शिक्षण संस्था बन्द गरिएको हो ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को हिजोको निर्णय अनुसार संक्रमणको जोखिम उच्च देखिएको हुनाले दुवै पालिकाले आफ्नो स्वामित्वमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

“दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो”, प्रमुख पोखरेलले भने, “बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरेको छ।” सो बैठकको पालना गरे नगरेको डिसिएमसीले अनुगमन गरी निर्णय नमान्ने शिक्षण संस्थालाई बारबाही गर्ने प्रमुख पोखरेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले सोमबार नै देशभरका २५ शहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरी सकेको छ । सो निर्णय अनुसार काभ्रेपलाञ्चोकको दुई सहर बनेपा र धुलिखेल पनि परेका छन् । तर, यहाँका शैक्षिक संस्था हिजो निर्वाध रुपमा सञ्चालन भए पछि जिल्लाले नै यस्तो निर्णय गरेको हो ।

बनेपा नगरमा ३१ सामुदायिक र ४० निजी विद्यालय सञ्चालनमा छन् । त्यस्तै धुलिखेलमा २६ सामुदायिक विद्यालय तथा ११ निजी विद्यालय सञ्चालनमा छन् । बनेपाको तीन विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ ।

यसअघि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय एकैसाथ बन्द गरिएपछि ११ महिनापछि गत माघदेखि विद्यालय भौतिक रुपमा दुवै नगरपालिकाले सञ्चालनमा ल्याएका थिए ।

Thuprai - Books and E-books
I Tech store