After SEE Portal

एजे कपमा एजे, थ्र्रीस्टार र न्यू डायमण्ड भिड्ने

Bridge Course

भक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति९एजे० सेकेण्डरी स्कुलको आयोजनामा जारी उपत्यका व्यापी विद्यालयस्तरी भलिबल प्रतियोगितामा आयोजक एजे, थ्रीस्टार र न्यू डायमण्ड अन्तिम दुईमा प्रवेश गरेका छन् ।

छात्र र छात्रातर्फको छुट्टाछुट्टै  प्रतिस्पर्धामा छात्रतर्फ आयोजक एजे र थ्रीस्टार फाइनलमा प्रवेश गरेका छन् भने छात्रातर्फ न्यू डायमण्ड र थ्रीस्टार प्रवेश गरेका छ्न् । 

आयोजक स्पर्धाका कार्यक्रम संयोजक एवं भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाहीले फाइलन सोमबार हुने बताउँदै तृतीय स्थानका लागि सोमबार नै छात्रतर्फ श्रीपद्म र एडभान्स एकेडेमी र छात्रातर्फ श्रीपद्म र जनप्रेमीबीच खेल हुने जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books