After SEE Portal

इडियुसञ्जाल र हल्ट प्राइज नेपाल कम्युनिटीविच सम्झौता

Bridge Course

इडियुसञ्जाल र हल्ट प्राइज नेपाल कम्युनिटीले र क्ष्मता अभिवृद्धिका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।हल्ट प्राइज नेपाल कम्युनिटीका सामुदायिक बिल्डर आशिष लामिछाने र इडियुसञ्जालका प्रमुख वित्त अधिकृत राजन कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुबै पक्ष सम्झौतापछि सूचनाको प्रचारप्रसार तथा आदानप्रदानमा सहयोगी र समन्वयकारी भूमिका निर्बाह गर्दै दक्षता र प्रभावकारिता सुनिश्चित गर्ने भएका छन् । दुबै संगठन संगठित कार्यक्रमहरुमा एक अर्काको प्रचार गर्न प्रतिबद्ध रही क्षमता अभिवृद्धिमा लाभदायक हुने दुवै पक्षको विश्वास छ । इडियुसञ्जालको ब्रान्ड एक्सपोजर बढाउनेछ र हल्ट प्राइज कम्युनिटी नेपालको सही प्रचार प्रसार गर्नेमा दुवै पक्ष सहमत देखिन्छन् ।

हल्ट पुरस्कार एक वैश्विक कार्यक्रम हो । विश्वभरबाट युवा सामाजिक उद्यमीहरुको लागी यसले अभिभावकको भूमिका निर्बाह गर्ने इडियुसञ्जालले जानकारी दियो । स्थापित, संगठनले शिक्षामा वैश्विक नेता बन्नको लागी हल्ट प्राइजले एक मिलियन डलर पुरस्कार प्रदान गर्दै आएको छ । यो संस्था अहिले १२१ देशका२० लाख भन्दा बढी लाभान्वित हुँदै आएका छन् ।

इडियुसञ्जालले विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गर्न पाठ्यक्रम, कलेजको जानकारी प्रदान गर्दै आएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books