After SEE Portal

वैशाखमा भर्ना सकेर जेठबाट पठनपाठन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि  माघ २९–फागुन ६)

Bridge Course

२०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ विद्यालय सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रस्तावक विद्यालयको प्रस्ताव स्वीकृत गरेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नामावली सार्वजनिक गरेको हो ।

देशका थुप्रै विद्यालयले हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीको कक्षा ११ को दुईथरी ग्रेडसिट तयार गरेको पत्ता लागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुस ७ गते लेटर ग्रेडिङ निर्देशिका जारी गरेपछि राष्ट्रिय परीक्षा बोर्डले सोअनुसार ग्रेडसिट भएकाहरुले मात्र कक्षा १२ को परीक्षामा सामेल हुनपाउने परिपत्र जारी गरेपछि विद्यालयहरुले दुईथरीका ग्रेडसिट ९कीर्ते० तयार गरेका हुन् ।

वैशाखको सुरुमा सबै कक्षाको परीक्षा सञ्चालन गरेर वैशाख अन्तिममा भर्ना अभियान सञ्चालन गर्ने र जेठमा नयाँ कक्षामा पठनपाठन गर्नेगरी निर्देशन जारी गरिसकेको छ । विद्यार्थी नयाँ कक्षामा टेक्नु अघि नै हातमा पाठ्यपुस्तक पुर्याउने निर्णय गरेको छ ।

पोखरा विश्वविद्यालय परीक्षा नियाग कार्यालयले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।

फागुन २८ गते आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरी पदक पाउने र डीन लिष्टमा पर्न सफल विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो ।

म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने भएको छ ।

समयको माग अनुसार प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय बिआईसीटीईको अध्यापन गराउने भएको हो ।

अनसन, तालावन्दी र दवावमा स्थायी गर्ने परम्परालाई त्रिभुवन विश्वविद्यालयको वर्तमान पदाधिकारीले नस्वीकार्ने जनाएको छ ।

त्रिविका पदाधिकारीहरूलाई भौतिक, मानसिक र नैतिक दवाव दिई आंशिक शिक्षकलाई स्वत करार सेवामा, करार सेवा प्रवेश पश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिष्पर्धा मार्फत् स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अव उप्रान्त कदापी स्वीकार नगर्ने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ ।

निर्देशक वसन्तप्रसाद कोइरालाले एक सूच्ना जारी गरी  विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको हुँदा यस्ता कार्य नगर्न नगराउन निर्देशन दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासङ्घबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो ।

A Levels MA