SEE Result 2082

शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ ।

निर्देशक वसन्तप्रसाद कोइरालाले एक सूच्ना जारी गरी  विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको हुँदा यस्ता कार्य नगर्न नगराउन निर्देशन दिएका हुन् ।

शिक्षकले विद्यालय समयमा यस्ता कार्यमा सहभागी भएको पाइएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुनेसमेत केन्द्रले चेतावनी दिएको छ ।

स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र ईकाई मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउनसमेत केन्द्रले सूचनामा अनुरोध गरेको छ ।

+2 School
Counseling
Bachelors Portal