After SEE Portal

विज्ञापन नम्बर ३५ मा शिक्षक मुद्दाको सुनुवाई आयोगका उच्च अधिकारीद्धारा हुदै

Bridge Course

काठमाडौं । शिक्षक सेवा आयोग विरुद्ध माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले हालेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले आयोगका उच्च अधिकारी झिकाएर मात्रै फैसला गर्ने भएको छ ।


 आईतबार न्यायाधिस हरिकृष्ण कार्कीको ईजलासमा भएको सुनुवाईमा सरकारी वकिलको तर्क सुने पछि अदालत उक्त निस्कर्षमा पुगेको हो । आगामी सुनुवाई भदौ २२ गते अर्थात् आगामी आईतबारलाई तोकिएको छ । 

आयोगका उच्च अधिकारी झिकाएर मात्रै अन्तिम निश्कर्षमा पुग्ने न्यायाधिसको निस्कर्ष आएको हो । आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै यूनियनका अध्यक्ष न्यौपाने सहित छजना शिक्षकहरुले गत साउन २७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ ।

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पनि कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु नमिल्ने भए पछि यो उल्झन् आएको हो ।

कक्षा ११ र १२ मा झण्डै एक सय ६० विषय पढाई हुन्छ । तर आयोगले कक्षा १० कै तरिकाले सोच्दा समस्या आएको हो ।

A Levels MA