CMAT

दृष्टिविहीनहरूका लागि लचिलो सिप परीक्षण विधि अपनाइने

Bachelors Portal

दृष्टिविहीनहरूका लागि सरकारले लचिलो सिप परीक्षण विधि अपनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बताएका छन्। आज आयोजित दृष्टिविहीनहरूको लागि व्यवसायिक सिप विकास र प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।सीटीभीटीसँग सहकार्य गरी सरकारले नेत्रविहीनका लागि लचिलो सिप परीक्षण विधि अपनाउनसकने दृष्टिविहीनहरूले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने उनको भनाइ छ। दृष्टिविहीनहरूका लागि कस्ता सिप दिने भन्नेबारे विस्तृत छलफल गर्न आवश्यक देखिएको उनले  बताए।

‘सीटीभीटीले सिप परीक्षण गर्छ। सिप परीक्षणलाई अलि लचिलो बनाउनुपर्छ। यसका लागि सीटीभीटीमा हामीले सहकार्य गर्नसक्छौं। सिपको लागि कस्ता सिपहरू दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ,’ उनले भने।

कार्यक्रममा नेपाल दृष्टिविहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यवसायिक सिपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा दृष्टिविहीनहरूलाई नसमेटिएको गुनासो गरे। सिपबिना जीवन चलाउन नसकिने भएकाले दृष्टिविहीनहरूलाई पनि सरकारले सिपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा समेट्नैपर्ने जरुरी रहेको उनको भनाइ छ।

Thuprai - Books and E-books
I Tech store