After SEE Portal

आयोगको परीक्षामा प्रवेश पत्रसहित परिचयपत्र अनिवार्य

Bridge Course

शिक्षक सेवा आयोगले अबका परीक्षामा प्रवेशपत्रको साथमा अनिवार्य परिचय खुल्ने सक्कलै प्रमाणपत्र लानुपर्ने नियम लागु गर्ने भएको छ । आधिकारिक निकायबाट जारी भएको सक्कल प्रमाण पत्र लानु पर्ने नियम लागु गर्ने भएको हो ।

आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ९ गते सञ्चालन हुने खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) र यसपछि सञ्चालन हुने कुनैपनि॒ परीक्षामा सहभागी हुने उम्मेदवारले प्रवेशपत्रको साथमा अनिवार्य रुपमा आधिकारिक निकायबाट जारी भएको परिचय खुल्ने सक्कलै प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी लानु पर्ने नियम बनाएको छ । आयोगले ९ हजार ७ सय ६५ शिक्षकका लागि लिएको खुला विज्ञापनमा १ लाख ७२ हजारको आवेदन परेको हो ।

निम्न माध्यमिक तहमका लागि आयोगले १ हजार १६७ सिटका लागि ७८ हजार ६४० जनाले सामान्य परीक्षामा सामेल हुनका लागि आवेदन दिएका छन् ।

प्राथमिक तहमा संशोधन सहित गरिएको ७ हजार ८८२ सिटका लागि अहिलेसम्म ५४ हजार ४८६ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगले गरेको मावि तृतीय श्रेणी शिक्षक पदको खुला विज्ञापनमा ७१६ सिटका लागि ३७ हजार २१२ को आवेदन परेको थियो । भने चैत १८ गते सञ्चालन गरेकोपरीक्षामा ३२ हजार ६७० जना सहभागी भएका थिए । सो परीक्षामा १६ हजार ७११ जना उत्तीर्ण भएका छन् ।

A Levels MA