Edusanjal

कार्यक्रम थप गर्न आवेदन दिने समय थप

त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय योजना निर्देशनालयले नयाँ कार्यक्रम थप गर्न आवेदन दिने समय ३५ दिन थप गरेको छ ।

गुणस्तर सुनिश्चितता तथा प्रत्ययन प्राप्त त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरूमा नयाँ कार्यक्रम थप गर्न आवेदन दिने समय थप गरेको हो ।

गुणस्तर सुनिश्चितता तथा प्रत्ययन प्राप्त गरी समयसीमामा रहेका वा पुनः प्रत्ययन प्रक्रियामा गई दोस्रो–तेस्रो चौथो चरणमा स्वाध्यायन प्रतिवेदन स्वीकृत भईसकेका क्याम्पस–कलेजहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धित डीन कार्यालयहरूमा आवेदन दिनुपर्ने विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेको छ ।

साथै २०८१ असार २९ को निर्णयानुसार प्रकाशित सूचना सम्बन्धमा सरोकारवालाहरूसँग थप सम्वाद गरी प्रक्रिया सुरु गर्नुपर्ने भएकोले पूर्व सूचना बमोजिम म्याद समाप्त हुने मितिले सार्वजनिक बिदा कट्टी गरि ३५ दिन थप गर्ने गरी त्रिवि कार्यकारी परिषद्को कार्तिक ५ को निर्णयानुसार समय थप गरिएको जनाएको छ ।

pre school