After SEE Portal

पुरानै निर्देशिका अनुसार एसईईको नतिजा सार्वजनिक हुने, २२ गते भित्र नतिजा आउने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार प्रकाशन गर्ने भएको छ । बोर्डको आजको बैठकले एसईईको नतिजा ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने निर्णय गरेको हो ।

एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा सरोकारवालाको बाारम्बारको चासो पछि बोर्डले आज यस्तो निर्णय गरेको हो ।

२०७८ पुस ७ गते मन्त्री स्तरीय निर्णयले पहिलो पटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । सो निर्देशका जारी भएको केही महिना पछि वा २०७८ फागुन १८ गते पहिलो संशोधन गरी सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत ९नन ग्रेडेड० लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

 गत वर्ष कोरोना महामारी भन्दै बोर्डले पुरानो निर्देशिका अनुसार गरेको थियो । तर, बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका, जारी तथा संशोधन गरेपनि लागु भने गरेको थिएन।

यो वर्षको एसईई पुरानो पाठ्यक्रम अनुसार नै सञ्चालन भएको हुनाले बोर्डले पुरानै निर्देशिका अनुसार नतिजा सार्वजनि गर्ने निर्णय गरेको जानकारी दियो ।

असार २२ गतेभित्रै नतिजा सार्वजनिक हुन्छ

यो वर्षको एसईईको नतिजा शुक्रबार भित्र सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार २२ गतेभित्र जुनसुकै दिनमा पनि नतिजा सार्वजनिक गर्न सकिने जानकारी दिए ।

नियन्त्तक श्रेष्ठका अनुसार प्राविधिक कठिनाइ नआए २२ गतेभित्रै नतिजा सार्वजनिक हुन्छ । बोर्डको कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक हेने उनले जानकारी दिए ।

२०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । २ हजार ३७ परीक्षा केन्द्रबाट लिएको सो परीक्षा सञ्चालन गरिएको थियो ।

एसईईको नतिजा  सार्वजनिक भए लगतै see.edusanjal.com  बाट हेर्न सकिने छ । 

A Levels MA
Thuprai - Books and E-books