After SEE Portal

विद्यालय शिक्षा सम्मेलन हुँदै

Bridge Course

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले माघ ९ र १० गते ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

सम्मेलनमा नेपालका साथै विदेशी प्रतिनिधिको समेत सहभागिता रहने जनाइएको छ । सम्मेलनमा प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रमा नेतृत्वमा रहेका व्यवस्थापकलाई प्राज्ञिक एवं व्यवस्थापकीय उन्नयनका सत्र सञ्चालन गरिनेछ ।

प्याब्सनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अबको शिक्षामा विश्वमा विकास भइरहेका प्रविधिलाई प्रयोग गर्नुपर्ने बताउँदै त्यसका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने निष्कर्ष सम्मेलनले निकाल्ने बताउनुभयो ।

सो सम्मेलनमा तीन सयभन्दा बढीको सहभागिता हुने जनाइएको छ । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने जानकारी दिइएको छ । सम्मेलनमा स्वामी आनन्द अरुणले आध्यत्यमिक मुल्य मान्यता, प्रा.डा. बालचन्द्र लुइँटेलले ‘स्टिम एजुकेशन’, डा. सुशिल कँडेलले विद्यालयमा मनोविज्ञानका विषयमा प्रस्तुती दिनेछन् । मेदिनी लामिछाने, डा. विष्णु कार्की, हेमन्त दाहाल, डा. बारबारा बटरअर्थ, डा. राजेश टायल, सुशिल उप्रेती, डा. टम रवरटसन, डा. लक्ष्मण ज्ञवाली, डा. हरि लम्साल, पवित्रा लिम्बू र नरबहादुर कार्की लगायतको पनि विषयगत प्रस्तुती रहने प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books