After SEE Portal

विद्यार्थीमा एक प्रकारको विचलन देखा पर्‍यो

Bridge Course

अध्ययनमा संलग्न यो विद्यालय केही समय अघि अधिकांश विद्यार्थी उच्च अंकका साथ उत्तीर्ण गराउने विद्यालय हो । आज ५ प्रतिशत मात्र पास गराउने विद्यालयमा झरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा एक प्रकारको विचलन देखा परेको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले गरेको अध्ययनमा पाइएको छ ।

बाग्मती प्रदेशको एक विद्यालयमा इआरओ निर्देशक हरि प्रसाद अर्याल, प्राविधिक अधिकृतहरू लभदेव भट्ट, श्याम प्रसाद आचार्यले गरेको स्थलगत अध्ययनमा यस्तो देखिएको आचार्यले सार्वजनिक गरेको ‘सामुदायिक विद्यालयको ऐना, यसैमा छन् शैक्षिक गुणस्तर सुधार नहुनुका केहि रहस्यहरू’ शीर्षकको आलेखमा उल्लेख गरेका छन् ।

सो आलेखमा, विद्यार्थीले उत्तर दिँदा आँफैमा आत्मविश्वास नगर्ने गरेको, साथीको उत्तर सार्न वा सोध्न धेरै नै प्रयास गरेको, परीक्षणमा सहभागी शिक्षक र प्रधानाध्यापकको अनुरोधलाई पनि अवज्ञा गरेको पाइएको अध्ययनले देखाएको उल्लेख गरिएको छ ।

सो अध्ययनमा करिब ४०˗५० प्रतिशत विद्यार्थीले अरुको सार्ने गरेको पाइएको थियो भने करिब १० प्रतिशतले सार्ने नगरेको बताएका थिए । सो अध्ययनमा व्यवस्थापकीय नेतृत्व र शिक्षकहरूको शिक्षण सिकाइ क्रियाकलापमा खास समस्या देखिएको उल्लेख गरेका छन् ।

आलेखमा विद्यालयका गतिविधिहरूको पारदर्शिता कमजोर रहेको, समुदायको सहभागितामा धेरै नै समस्या देखिएको छ । एकातिर शिक्षण सिकाइ प्रकृया कमजोर हुँदै गएको पाइयो भने २१औ शताब्दि अनुकुलको प्रविधि प्रयोग पनि सिकाइमा प्रयोग नभएको पाइएको उल्लेख गरिएको छ ।

सो अध्ययनमा एउटा विद्यालयको स्तरीकृत साधन विधिबाट कक्षा ९ मा अध्ययन गर्ने ८६ जना विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।

 इआरओको सो अध्ययनले विद्यार्थीहरू चिट चोर्ने र साथीको सार्ने गर्दा भन्दा स्वच्छ वातावरणमा अरुको आश नगरी लेख्ने वातावरण पाएमा राम्रो नतिजा ल्याउन सक्ने देखिएको हुँदा परीक्षा प्रणालीमा सुधार गर्न सके शिक्षाको गुणस्तरमा सुधार हुन सक्ने बताएको छ ।

अध्ययनको क्रममा कक्षा ८ भन्दा पहिलेका कक्षाहरूमा नै सिक्नु पर्ने आधारभूत ज्ञान नै विद्यार्थीमा विकास नभएको, कक्षा ८ भन्दा पहिला नै सिक्नु पर्ने कुराहरु केवल ३३ प्रतिशत विद्यार्थीह┐मात्र हल गर्न सकेको पाइएको छ ।

विद्यालय तहको सिकाइ प्रक्रिया तल्ला कक्षामा भन्दा माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदै गएको इआरओले सार्वजनिक गरेका हरेक प्रतिवेदनमा सार्वजनिक हुँदै आएको छ ।

इआरओले हालसम्म गरेएका ११ ओटा राष्ट्रिय परीक्षणको मुल प्राप्ति र प्रवृत्तिलाई विश्लेषण गर्दै प्रकाशन गरेको सुधार कार्य योजना, २०७९ मा विद्यार्थीको समग्र उपलब्धि कमजोर देखिएको उल्लेख गरेको छ ।

यो अध्ययनले पनि ठूलो कक्षाको पढाइ कमजोर देखिनु सानो कक्षाका आधारभूत ज्ञान, सिपहरूमा नै विद्यार्थीहरूलाई समस्या भएको देखाएको छ ।  विद्यार्थीहरूको सिकाइमा उनीहरूको परिवारको सामाजिक आर्थिक अवस्था र शिक्षकको योगदानले प्रभाव पार्ने गरेको छ ।

यस अध्ययनका क्रममा केवल २० प्रतिशत बालबालिकाहरूका बाबु वा आमाको मासिक तलव आउँछ भने अरु करिव ६० प्रतिशत कृषि पेशामा निर्भर छन् भने केही घरमा नै दिन विताउँछन् ।

यी अभिभावक मध्ये एसईई वा सो भन्दा बढी अध्ययन गर्ने बाबु ९ प्रतिशत छन् भने आमाको योग्यता कक्षा ८ वा सो भन्दा थोरै छ । घरमा कुनै प्रकारको पढाइमा सहयोगको गुन्जाइस नै नभएका विद्यार्थीको संख्या ४० प्रतिशतको हाराहारीमा रहेका छन् ।

बाबु ७ प्रतिशत र आमा १८ प्रतिशत निरक्षर रहेको बताउने विद्यार्थी घरमा सिकाइदिने व्यक्ति नहुँदा कठिन भएको बताएका छन् ।

अध्ययनमा संलग्न यो विद्यालय केही समय अघि अधिकांश विद्यार्थी उच्च अंकका साथ उत्तीर्ण गराउने विद्यालय हो । आज ५ प्रतिशत मात्र पास गराउने विद्यालयमा झरेको छ । सो विद्यालयमा अध्ययनरत एक जना मात्र विद्यार्थीका अभिभावक कर्मचारी र एकजनाका शिक्षक छन् ।

थोरैका मात्र अस्पताल वा होटेलमा जागिरे छन् । साथै राजनीतिक कार्यकर्ताहरूका छोराछोरी एक जना पनि छैनन् । यसरी समाजको उदाहरण बनेका, पढे लेखेका, कमाइ गर्ने, राजनीतिज्ञ, व्यापारीहरूका छोराछोरी नै उक्त विद्यालयमा अध्ययन गर्दैनन् ।

गणित र विज्ञान विषयमा गरिएको अध्ययनमा विद्यालयको कार्यसम्पादन परीक्षण गर्दै विद्यार्थीको पृष्ठभूमी र प्रतिकृया समेत लिइएको थियो ।

शिक्षामा सञ्चालन गरिएका परियोजनाले केहीले पहुँच वृद्धि भयो भन्दै गुणस्तरमा लाग्नु पर्ने सुझाव दिँदै आएका छन । एसएसआरपीले पहुँचको क्षेत्रमा सफलता हाँसिल भएको भन्दै गुणस्तरमा लाग्नु पर्ने सुझायो । सोही कुरा दोहोर्याउँदै एसएसडिपीले सोही कुरा दोहोर्याए पनि इआरओले गुणस्तरमा सुधार नभएको आधार सार्वजनिक गर्दै आएको छ ।

 सिकाइ कमजोर हुनुको कारण यस्तो पनि

फोटोः रासस

गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् ।

रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ ।

एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ ।

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन् । “हामी त बाध्य भएर यसरी पढाउँदै छौँ”, उनले भनिन्, “विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ ।”

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ । सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन् । आफूहरूले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए। नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनको आशा छ । कूल रु ५० लाखको लागतमा भवन बनाइँदैछ ।

त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन ओटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा सिकाइमा समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।

एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ ।

A Levels MA
Thuprai - Books and E-books