A Levels MA

शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो

नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।महासङ्घले दोसे चरणका कार्यकम अन्तर्गत जेष्ठ ५ गते नेपाल शिक्षक महासङ्घले अघि सारेका माग तथा समसामयिक विषयमा सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख , माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र माननीय अर्थमन्त्रीको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने बुझाउने भएको छ ।

सो खुलापत्र हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा शेयर गर्ने समेत भएको छ ।  जेष्ठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा निम्न दुईवटा नारा भएको टेक्स्ट मेसेज पठाउने भएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिइयोस्, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारा पठाउने भएको । 

जेष्ठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासङ्घ बीच महासङ्घबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरकिया तथा छलफल गर्ने भएको छ ।

त्यस्तै जेष्ठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्योकर्मचारीले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका छवटा हाइलाइटेड माग लेखी छातिमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने ।

जेष्ठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासङ्घले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका सङ्घीय तथा प्रदेश सभाका माननीय सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने र जेष्ठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

Thuprai - Books and E-books