After SEE Portal

प्रभावित विद्यालय बन्द गर्ने निर्णय

Bridge Course

विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । 

काठमाडौँ महानगरपालिकाले त्यस्ता विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको छ ।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कोभिड–१९ को समस्या भएका विद्यालयमात्र बन्द गर्न पाउने गरी निर्णय भएको बताउँदै भने, “सबै विद्यालयलाई एकैपटक बन्द गर्न नदिने निर्णय भयो ।” 

कतिपय विद्यालयले कुनै एक कक्षाका विद्यार्थीलाई कोभिड–१९ पुष्टि भए पनि सो कक्षामात्र बन्द गरी बाँकी अन्य कक्षामा पठनपाठन सञ्चालन गर्दै आएका पनि छन् । उनले विद्यालयमा एक जनामा सङ्क्रमण पुष्टि भएपछि सम्पूर्ण विद्यालय बन्द गर्नुपर्ने गरी निर्णय भएको जानकारी दिए । “केन्द्रीय सरकारको निर्णयलाई पनि प्रतिक्षा गरिरहेका छौँ” उनले भने ।

उनले बन्द गरिएका विद्यालयले भच्र्युअल लगायतका विधिबाट पठनपाठनलाई जारी राख्न पनि आग्रह गरिएको बताए । हिजो पुतलीसडकस्थित पद्मोदय माविका कक्षा १० का एक विद्यार्थीमा पनि कोरोना पुष्टि भएको थियो ।

यसैबीच अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ ।

बैठकमा शिक्षण संस्थामा कोभिड–१९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।

A Levels MA