After SEE Portal

त्रिविको ४६ औं दीक्षान्त समारोहमा ५७ हजार विद्यार्थी दीक्षित हुँदै

Bridge Course

त्रिभुवन विश्वविद्यालयले आगामी पुसमा हुने आफ्नो ४६ औं दीक्षान्त समारोहमा करिब ५७ हजार विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । त्रिविले ६१ औं वार्षिक दिवसका अवसरमा विभिन्न संकायका विद्यार्थीलाई दीक्षित गर्ने निर्कोल गरेको हो । विभिन्न संकायबाट उच्च शिक्षा हासिल गरेका ५६ हजार सात सय १३ जना विद्यार्थी दीक्षित हुने भएका हुन् ।

दीक्षित हुने मध्ये व्यवस्थापन संकायका १९ हजार २३०, शिक्षा शास्त्र संकायका १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र संकायका ९ हजार ६१५, कानुन संकायका एक हजार नौ सय १५ जना दीक्षित हुने भएका हुन् । त्यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार १२६, इन्जिनियरिङ अध्ययन संस्थानका दुइ हजार ८४४, चिकित्सा शास्त्र अध्ययन संस्थानका १ हजार ४५२, कृषि र पशु विज्ञान अध्ययन संस्थानका ३९७ र वन विज्ञान अध्ययन संस्थानका २२२ जना दीक्षित हुने त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

त्रिविका सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको त्रिविको ६१ औं वार्षिक दिवसमा उपकुलपति बाँस्कोटले सो जानकारी दिएका हुन् ।

A Levels MA
Thuprai - Books and E-books