A Levels MA

कक्षा १२ का ५२ प्रतिशत विद्यार्थी नन् ग्रेडमा

राष्ट्रिय परीक्षा बोर्डले भर्खर सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार  १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका छन् । कुल परीक्षार्थी ३ लाख  ६३ हजार ८ जना मध्ये ५२.०४ प्रतिशत विद्यार्थीले नन् ग्रेड ल्याएका हुन् । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ ।

आज प्रकाशित नतिजा अनुसार जीपीए ३.६–४ं.० ल्याउने विद्यार्थी ४ हजार १७९ छन् भने ३.२–३.६ सम्म ल्याउन विद्यार्थी ३० हजार १०७  जना रहेका छन् । त्यस्तै २.८–३.२ ल्याउने विद्यार्थी ६५ हजार २८४ जना, २.४–२.८ ल्याउने ६४ हजार ९३, २.०–२.४ ल्याउने विद्यार्थी १० हजार ९०० रहेका छन् ।

१.६–२.० ल्याउन ३५ जना रहेका छन् । त्यस्तै जीपीए १.२–१.६ ल्याउने विद्यार्थी संख्या शून्य छ ।बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ  ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने कार्यविधिले व्यवस्था गरेको छ ।  देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।

Thuprai - Books and E-books