५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसक्योः  प्रबन्ध सञ्चालक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइ सकेको जानकारी दियो । केन्द्रका प्रबन्ध  सञ्चालक अनिलकुमार झाका अनुसार गत शुक्रबारदेखि नै पाठ्यपुस्तक बिक्री वितरण सुरु  भइसकेको छ ।  हिमाली र पहाडी भेगका ४९ जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेको छ । अधिकांश जिल्लाका सदमुकाममा  पाठ्यपुस्तक पुगिसकेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।

सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री शुरू गरेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।

केन्दले १ हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री  गरिरहेको छ ।  वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने जनक शिक्षाले जानकारी दियो ।कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका ५ जिल्लामा भने चैत मसान्तपछि सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्ने प्रबन्ध सञ्चालक झाको दाबी छ ।

कक्षा ६ देाि माथिका कक्षाका १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ  गर्ने अधिकार पाएको केन्द्रले शैक्षिक सत्र सुरुहुनु पूर्व नै पाठ्यपुस्त्क छपाइ गरिसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रको लागि निजी क्षेत्रलाई कक्षा १–५ को पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा दिइसकेको छ । निजी प्रकाशकले १ देखि ५ कक्षासम्म १ करोड २० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा लिएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब ५ महिनाअघि सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी संख्याको आधारमा स्थानीय तहमा रकम निकासा गरिसकेको छ । शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तकका लागि केन्द्रले ३ अर्ब ४० करोड रुपियाँ बजेट स्थानीय तहमार्फत विद्यालयमा  निकासा गरेको केन्द्रका महानिर्देशक चुडामणि पौडेलले  जानकारी दिए ।

अनुगमन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सबै स्थानीय तह र  शिक्षा विकास तथा समन्वय इकाइलाई  पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न निर्देशन दिएको छ ।

कक्षा १ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयका सम्पूर्ण विद्याथीहरूलाई भर्ना अभियानमा नै सबै पाठ्यपुस्तक उपलब्ध भए–भएनन् अनुगमन गर्न निर्देशन दिएको हो ।

पाठ्यपुस्तको उपलब्धता तथा वितरण व्यवस्था सम्बन्धमा थप जानकारी लिनुपरेमा केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखामा सम्पर्क राख्न निर्देशन गरेको छ ।

Thuprai - Books and E-books