After SEE Portal

इथिकल ह्याकिङ सम्बन्धि ५ दिने वर्कसप सम्पन्न

Bridge Course

चितवनमा पहिलो पटक इथिकल ह्यकिङ सम्बन्धि सम्बन्धि ५ दिने वर्क सप सम्पन्न भएके छ । साइबर सेक्युरिटीको अध्यापन गराउने फोर्ब्स कलेज भरतपुर ( २ क्षेत्रपुर चितवनलेसो वर्क सप सन्चालन गरेको हो ।

नेपाल तथा विदेशमा साइबर सेक्युरिटी विशेषज्ञका रुपमा परिचित सचिन जङ्ग कार्कीले सो वर्कसपमा सहजीकरण  गरेका थिए ।

कलेजले समय समयमा विभिन्न विषय विज्ञहरु बोलाइ यस्ता वर्कसपहरु सन्चालन गर्दै आएको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिए ।

सो कलेजले गतवर्ष रेड ह्याट सम्बन्धि १५ दिने वर्कसप संचालन गरेको थियो। आवश्यकता अनुसार कलेजले देशी तथा विदेशी विज्ञहरुद्वारा एकदिने सेमिनार सञ्चालन गदैै आएको प्राचार्य पाठकले बताए ।

कलेजमा विश्वविद्यालयले तय गरेको पाठ्यक्रम मात्र अध्यापन नगराइ अतिरिक्त विषयहरु अध्यापन गराइ अन्तर्रास्ट्रिय मान्यता प्राप्त अतिरिक्त  प्रामाणपत्र दिलाउने कलेजको उद्देश्य अनुरुप विद्यार्थीहरुले  विभिन्न उपलब्धीहरु प्राप्त गरिसकेको कलेजका शैक्षिक निर्देशक ई. सुलभ अधिकारीले जानकारी दिए ।

उक्त कलेजमा  स्नातक तह अन्तर्गत  बिएचएम तथा ब्याच्लर अफ कम्प्युटर साइन्स  नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी पढाई हुने हुने गरेको छ ।

A Levels MA