After SEE Portal

४१ विद्यालयहरूलाई इन्टरनेशनल स्कूल अवार्ड प्रदान

Bridge Course

४१ विद्यालयहरूलाई इन्टरनेशनल स्कूल अवार्ड प्रदान तथा पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम सामेलसम्बन्धी संवाद कार्यक्रम 

ब्रिटिश काउन्सिल नेपालले २० अगष्ट २०१९ (भाद्र ३, २०७६) मा आयोजित अवार्ड समारोहमा नेपालका ४१ वटा विद्यालयहरूलाई कनेक्टिङ क्लासरुम्स कार्यक्रमअन्तर्गत इन्टरनेशनल स्कूल अवार्ड प्रदान गयो भने तीनवटा विद्यालयहरूलाई पुनःमान्यता (reaccredited) दियो । यस अवार्डलाई शिक्षा तथा मानव संशाधन विकास केन्द्रबाट अनुमोदन गरिएको छ । यस कार्यक्रममार्फत् नेपाली विद्यालयहरूलाई अवार्ड प्रदान गरिँदै आएको यो सातौं वर्ष हो । यस अवार्डलाई समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सम्माननीय सचिव श्री खगराज बराल र विशेष अथिति काठमाडौंस्थिति बेलायती राजदूताबासबाट नेपालका लागि बेलायतका सम्माननीय राजदूत रिचर्ड मोरिसले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । 


इन्टरनेशनल स्कूल अवार्डका लागि पहिलेदेखि कार्यरत नेपालभरका ६४ विद्यालयहरूमध्येबाट ५६ विद्यालयहरूले गत वर्ष आफ्नो विद्यालयको अभिलेख प्रमाण (dossiers) पेश गरेका थिए। अवार्ड विजेता विद्यालयहरूलाई तीन वर्षको लागि उनीहरूको सबै आधिकारिक स्टेशनरी/ लेखन सामग्री र शैक्षिक प्रवर्द्धन सामग्रीहरूमा आफ्नो विद्यालयको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कूल अवार्ड काइट मार्क प्रयोग गर्न दिइनेछ। ब्रिटिश काउन्सिल नेपालले यो वर्ष नेपालमा आफ्नो कार्यको ६०औं वर्षगाँठ र विश्वभर इन्टरनेशनल स्कूल अवार्ड सफलताको २०औं वर्ष मनाउँदैछ। अवार्ड वितरण समारोहसँगै ब्रिटिश काउन्सिले पाठ्यक्रममा विश्व सिकाइ तथा अन्तर्राष्ट्रिय आयाम विषयमा नीतिगत संवादको पनि आयोजना गर्यो । 

यस कार्यक्रमको प्रमुख उद्देश्य शिक्षा मन्त्रालय तथा यसका विषयगत निकायहरू (line agencies), बेलायत र नेपालका विद्यालयहरूका सरोकारवालाहरूका साथै अन्तर्राष्ट्रिय वक्ताहरू, पेशाकर्मीहरू र विश्वविद्यालयका विज्ञहरूको लागि देहायका विषयमा छलफल तथा संवाद गर्ने मञ्च उपलब्ध गराउन थियो। 

• विद्यालयहरू आफ्नो विद्यार्थीहरूलाई विश्व अर्थतन्त्रमा ठाँउ प्रदान गर्नका लागि तयार गराउने कुरामा कहाँ छन्, र 

• विद्यालयहरूले आफ्नो विद्यालयको नीतिगत वातावरण तथा पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयामलाई कसरी सामेल गर्न सक्छन्, र 

• नेपाल तथा विश्वभरबाट सबभन्दा उत्कृष्ट वर्तमान अभ्यासहरूको खोजी।


पूर्ण अवार्ड विजेताहरूको सूची



१ आदर्श इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल 

२| एपेक्स लाइफ स्कूल 

३ | अरुणिमा सेकेन्डरी स्कूल 

४ | श्री बाणगंगा माध्यमिक विद्यालय 

५ | ब्लूबर्ड इङ्लिस सेकेन्डरी स्कूल 

६] दर्शनीय रामेश्वर सिंह कुशवाहा एकेडेमी 

७ | देल्ही पब्लिक स्कूल 

८ | इडिफाइ इन्टरनेशनल स्कूल 

९| गैंडाकोट नमुना माध्यमिक विद्यालय 

१० | ग्लोबल पाठशाला 

११ | गोर्खा सेकेन्डरी स्कूल 

१२ | ज्ञान बगैंचा इङ्लिस बोर्डिङ स्कूल 

१३ | ज्ञानपुञ्ज बोर्डिङ स्कूल 

१४ | हिलारी इङ्लिस हाइस्कूल 

१५ | आइडियल इङ्लिस बोर्डिङ स्कूल 

१६ | जगतमन्दिर माध्यमिक विद्यालय 

१७ | जेसिज इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कूल 

१८ | जुनियर सिटिजन्स एकेडेमी सेकेन्डरी स्कूल 

१९ | किड्स होम एकेडेमी इङ्लिस स्कूल 

२० | कुनवर्ती स्कूल 

२१ | लिटल फ्लावर्स पब्लिक स्कूल 

२२ | मेची इङ्लिस बोर्डिग स्कूल 

२३ | नवनीत टोडलर्स जोन
२४ | नेपाल सेकेन्डरी स्कूल | 

२५ | नाइटिंगेल इन्टरनेशनल सेकेन्डरी स्कल
२६ | एनके सिंह मेमोरियल इग्लिस प्रिपेरेटरी सेकेन्डरी स्कूल
२७ | नोबेल एकेडेमी | 

२८ | नोबल एकेडेमी सेकेन्डरी स्कल
२९ | पामिर इन्टरनेशनल एकेडेमी 

३० | पारामाउन्ट बोर्डिङ हाइस्कूल 

३१ | पीस जोन आवासीय मावि 

३२ | रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कूल 

३३ | रिलायन्स इन्टरनेशनल एकेडेमी 

३४ | समृद्धि स्कूल 

३५ | सानो संसार डे केयर एण्ड प्रि-प्राइमरी इन्टरनेशनल स्कूल 

३६ | श्री शान्ति मोडेल सेकेन्डरी स्कूल 

३७ | स्वाती सदन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल 

३८ | उग्रचण्डी बोर्डिङ स्कूल 

३९ | विजय सामूहिक शिक्षा सदन 

४० | विश्व ज्योति माध्यमिक विद्यालय 

४१ | वण्डरल्याण्ड इन्टरनेशनल प्रि-स्कूल

ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर डा. जोभान इलिकले उक्त अवसरमा भन्नुभयो : "ब्रिटिस काउन्सिलको यो वर्ष नेपालमा कार्य गरेको ६०औं वर्ष मनाइरहेको छ । यो वर्ष डीएफआइडीसँगको सहकार्यमा कनेक्टिङ क्लासरुम अन्तर्गत विश्वभर प्रदान गरिदै आइएको इन्टरनेशनल स्कूल अवार्डको २० औं वर्षगाँठ पनि हो र नेपालमा सातौं वर्ष हो । यस इन्टरनेशनल अवार्ड ढाँचाले विद्यालयहरूलाई विभिन्न शैक्षिक उद्देश्यहरू पूरा गर्न अन्तर्राष्ट्रिय साझेदारीको भरपूर फाइदा लिन प्रोत्साहन गर्दछ जसमा भाषा सिकाइ, अन्तर्राष्ट्रिय मूल्यको विकास, सीप एवं स्तर विकास, र समग्र पाठ्यक्रम एवं विद्यालयको नीतिगत वातावरणमा दिगो विकासका प्रमुख लक्ष्यहरू प्राप्तिमा सहयोग लगायतका कुराहरू पर्दछन् । यी वर्षहरूमा इन्टरनेशनल स्कूल अवार्ड ३१ जिल्लाका ५०० विद्यालय, १२९०० विद्यार्थी, ३००० शिक्षक र ४०० विद्यालय नेतृत्व समक्ष पुग्न सफल भएको छ । इन्टरनेशनल स्कूल अवार्ड नेपालभरका प्रधानाध्यापक तथा शिक्षकहरूको दूरदृष्टि एव प्रेरणादायी प्रतिबद्धताको प्रमाण हो जसले आफ्नो कक्षालाई समृद्ध, समुन्नत, नवीन र सिर्जनशील बनाउन अन्तर्राष्ट्रिय कार्यहरूको लागि खुला बनाएका छन् । हामीले बेलायत र नेपाल दुवै ठाउँमा विश्व नागरिकता भावनासहितको अन्तर्राष्ट्रिय आयामको विकास गर्ने भएकोले भविष्यमा अझ धेरै विद्यालयहरूसँग कार्य गर्न हामी तत्पर छौं ।

इन्टरनेशनल स्कूल अवार्ड (ISA) के हो ? 

इन्टरनेशनल स्कूल अवार्ड सहभागी विद्यालयहरूलाई प्रदान गरिने एक वार्षिक अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक विद्यालयहरूबाट आवेदनको आह्वान गरिन्छ र उनीहरूको आवेदनको आधारमा विद्यालयहरूको छनौट गरिन्छ । ब्रिटिश काउन्सिले यस अन्तर्राष्ट्रिय स्कूल अवार्डलाई विद्यालयहरूको लागि एक मान्यता ढाँचा (Accreditation Framework) को रुपमा प्रस्ताव गर्दछ जसले ती विद्यालयबाट अवलम्बन गरिएका अन्तर्राष्टियस्तरका कार्यको (ज्ञान तथा सीप) अभिलेख राख्न तथा त्यसको मूल्याङ्कन गरी ती कार्यहरूलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सहयोग गर्दछ । इन्टरनेशनल स्कूल अवार्डले एक स्तर मापदण्ड (benchmark) को रुपमा कार्य गर्छ जसले विद्यालयहरूबाट बालबालिकाहरूमा विश्व नागरिक भावनाको विकास गर्ने र शिक्षण एवं सिकाइलाई समृद्ध बनाउने कार्यमा उत्कृष्टस्तरको सहयोग प्रदान भइरहेको कुरा निर्धारण गर्दछ ।


विद्यालयहरूको विकासमा यस इन्टरनेशनल स्कूल अवार्डको पहुँच समग्रगत रहन्छ र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीहरूमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्दछ । यो एक गहन र प्रमाणमा आधारित प्रक्रिया हो । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्दछ । इन्टरनेशनल स्कूल अवार्डमा सामग्री छनौटको स्तन्त्रता हुन्छ, र यसले सूचना तथा सञ्चार प्रविधि र शैक्षणिक विधि एवं क्रियाकलापमा सुरक्षित, संगठित र व्यवस्थित ढंगबाट नयाँ सीपहरूको अभ्यास गर्ने वातावरण प्रदान गर्दछ। 

मूल्याङ्कन प्रक्रिया

अवार्ड प्राप्त गर्ने विद्यालयहरूको मूल्याङ्कनका लागि ब्रिटिश काउन्सिल, शिक्षा तथा मानव संशाधन विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूको एउटा टीम बनाइएको छ । अवार्ड प्राप्त गर्ने आधार निर्धारण गर्न सहभागी विद्यालयहरूले पेश गरेका अभिलेख वा प्रमाणहरूको विवरण मूल्याङकन गरिन्छ, विद्यालयहरूको कार्यको सत्यता र बालबालिकाहरूमा सिकाइ उपलब्धि हेर्न विद्यालय भ्रमण गरिन्छ । पेश गरिएका प्रमाण र विद्यालय भ्रमणको समयमा देखिएका उपलब्धिहरूको आधारमा ती विद्यालयहरूलाई अवार्ड प्रदान गरिन्छ।

A Levels MA
Thuprai - Books and E-books