MBA Managed Admission
Masters Portal

माविमा ३८३३७ र निमाविमा ७६४७४ जनाले आवेदन दिए

I Tech store

शिक्षक सेवा आयोगले गरेको माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको ६८६ पदमा गरेको विज्ञापनमा ३८ हजार ३३७ जनाले आवेदन दिएका छन् ।आयोगले गत पुष २५ गते  खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोटका लागि विज्ञापन गरेको थियो ।

आयोगले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन पाउने समयावधि तोकेको थियो ।

आयोगले नेपाली १११, अंग्रेजी  ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन  गरेको छ ।  भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा शिक्षक माग गर्दै आवेदन खुला गरेको थियो ।

आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा शिक्षक माग गरेकोमा आईतबार साँझसम्म ७६ हजार ४७४ जनाले आवेदन दिएको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए।

उनका अनुसार आईतबार राती १२ बजेसम्म आवेदकले नियमित शुल्क तिरेर अनलाईन फाराम बुझाउन पाउनेछन् ।

आयोगले गत माघ २७ गते खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गर्दै फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिने गरी आवेदन माग गरेको थियो ।

Thuprai - Books and E-books