After SEE Portal

३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

Bridge Course

सङ्खुवासभाका ३४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सार्वजनिक विद्यालय सबलीकरण गर्ने भन्दै सरकारले पहिलो पटक कार्यान्वयनमा ल्याएको सो कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहका विद्यालय छनोटमा परेका छन् ।

विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने उद्देश्यले गरिएका प्रस्ताव छनोटमा परेका हुन् । छनोटमा परेका पाँच वटा कार्यक्रम अन्तरगत कक्षाकोठा निमार्णतर्फ नौ लाख रुपियाँ लागतमा खाँदबारी नगरपालिकाको २, चैनपुर नगरपलिका २, धर्मदेवी नगरपालिका १, मादी नगरपालिका १, चिचीला गाउँपालिका १, मकालु गाउँपालिका १ र सभापोखरी गाउँपालिकामा एक एक विद्यालय छनौट भएका हन् ।

त्यस्तै खानेपानी सहितको शौचालय निर्माण तर्फ ७ लाख रुपियाँ लागतमा पाँचखपनको १, कम्युटर ल्याब स्थापना तर्फ ६ लाख ५० हजार रुपियाँ लागतमा खाँदबारीका ३, चैनपुरका २, धर्मदेवी १, पाँचखपन नगरपालिकामा ४, चिचिला २, मकालु १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हुन् ।

पुस्तकालय तथा विज्ञान प्रयोगशाला तर्फ ६ लाख ५० हजार रुपियाँ लागतमा चैनपुर नगरपालिकामा १, पाँचखपन नगरपालिकामा ३, विद्यालय र शिक्षामा नविन प्रर्वद्धन तर्फ ६ लाख ५० हजार रुपियाँ लागतमा चैनपुर नगरपालिकामा २, धर्मदेवी नगरपालिकामा २ र सभापोखरी गाउँपालिकामा ६ वटा विद्यालय छनौटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईले जानकारी दिए ।

छनौटमा परेका विद्यालयहरुमा चालु आर्थिक वर्षमा कार्यक्रम सम्पन्न गर्ने उद्धेश्यका साथ सम्वन्धित पालिकामा वजेट पठाउन थालिएको प्रमुख भट्टराईले जानकारी दिए ।

शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा सम्वन्वय एकाइमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्दमा र मन्त्रालयमा पठाएको आवेदन आदिका आधारमा केन्द्रको सिफारिसमा सरकारले उक्त कार्यक्रमका लागि विद्यालय छनोटमा परेका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहका ४१२ विद्यालयमध्ये ८ वटा स्थानीय तहका ३४ विद्यालय छनौटमा परेको प्रमुख भट्टराईले जानकारी दिए ।

छनौटमा परेको विद्यालयमध्ये सवैभन्दा बढी पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाको ८÷८ वटा त्यस्तै सवैभन्दा कम मादी नगरपालिकाको एउटा रहेका छन् । त्यस्तै खाँदबारी नगरपालिकाका ५, चैनपुर ७, धर्मदेवी ३, पाँचखपन नगरपालिका ८, मकालु गाउँपालिका २, मादी नगरपालिका १, सभापोखरी गाउँपालिकाका २ वटा विद्यालय छनौटमा परेका छन् ।

A Levels MA
Thuprai - Books and E-books