A Levels MA

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङ्बाट २२८ विद्यालय सिफारिस

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताए । केदारस्युका गाउँपालिकाका ४१, बुङ्गलका ४०, छविसपाथि भेराका २७, थलारा गाउँपालिकाका २३, खप्तडछान्नाका २२, मष्टाका २२, तलकोट गाउँपालिकाका, १८ जयपृथ्वी नगरपालिकाका १२, सुर्माका ११, वित्थडचिरका ५ , दुर्गाथली गाउँपालिकाका ४, र साइपाल गाउँपालिकाका ३तीन विद्यालय सिफारिस गरिएका हुन् । आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताए । उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे–चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अहिले सिफारिस गरेर पठाएका विद्यालयमा अधिकांसले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेरबार, ल्याब स्थापनाको माग गरेका छन् ।
Thuprai - Books and E-books