Bachelors Portal

प्रदेश नं ३ : सामुदायिक क्याम्पसलाई २२ करोड अनुदान

Managed Admission 2022

हेटौँडा, २७ मङ्सिर (रासस) : प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई रु २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ । 

मन्त्रालयले एउटा कलेजलाई रु १५ लाखदेखि रु एक करोडसम्म बजेट विनियोजन गरेको हो । प्रदेशको १६४ वटा सामुदायिक क्याम्पसमध्ये पहिलो चरणमा १०३ क्याम्पसका लागि रु २२ करोड पाँच लाख बजेट विनियोजन भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “थप क्याम्पसलाई पछि आवश्यकताअनुसार रकम वितरण गरिने छ ।” यसरी विनियोजन गरिएको रकम काठमाडौँका १४, काभ्रेपलाञ्चोकको १३, सिन्धुपाल्चोकको १२, सिन्धुलीको १०, चितवनका नौ, धादिङको आठ, ललितपुरको आठ, रामेछापका सात, मकवानपुरको छ, नुवाकोटको छ, दोलखाको पाँच, भक्तपुरको चार र रसुवाको एक क्याम्पसले प्राप्त गर्नेछन् । 

मन्त्रालयका अनुसार कूल २८ करोड बजेट विनियोजन गरेकामा तत्काल आवश्यकताअनुसार रु २२ करोड पाँच लाख आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो । 

Select college / campus