Bachelors Portal

‘स्मार्ट’ विद्यालयका लागि रु एक लाख सहयोगको घोषणा

Managed Admission 2022

कञ्चनपुर, २७ मङ्सिर (रासस) ः खानेपानीमन्त्री बीना मगरले कञ्चनपुर बेलौरीस्थित सरस्वती माध्यमिक विद्यालयलाई रु एक लाख एक हजार एक सय आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

विद्यालयलाई सुविधा सम्पन्न ‘स्मार्ट’ विद्यालय बनाउने उद्देश्यले आज बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । 

मन्त्री मगरले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताउँदै विद्यालयमा शुद्ध खानेपानीको आपूर्ति व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले कञ्चनपुर बेलौरीमा मङ्सिर २७ गते देखि शैक्षिक तथा धार्मिक महोत्सव शुरु भएको छ । महोत्सव पुस ५ गतेसम्म सञ्चालन हुनेछ । 

यसैबीच मन्त्री मगरले आजै पुनर्वास नगरपालिकामा रहेको दलित बहुउद्देश्य सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सामूहिक लगानी, सामूहिक उपलब्धी र समस्याको सामूहिक समाधान खोज्ने उपयुक्त माध्यम सहकारी बनेको बताउनुभयो । 

Select college / campus