After SEE Portal

प्राविमा १ लाख १२ हजारको आवेदन, प्रवेशपत्र प्रिन्ट गर्न सकिने

Bridge Course

शिक्षक सेवा आयोगले गत चैत ९ गते गरेको प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् ।  प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि कुल ७ हजार ८८२ पदका लागि आंकाक्षी भने १ लाख १२ हजार नाघेका हुन् ।

दोब्बर दस्तुर तिरी वैशाख १५ गतेसम्म १ लाख १० हजार ७४९ जनाले राजस्व तिरी सकेको आयोगले जानकारी दियो ।

आयोगले आगामी जेठ २० गते १ बजे सञ्चालन गरिने विषयगत सामान्य परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्र प्रिन्ट गर्न सक्ने सूचना जारी गरेको छ ।

दरखास्त फाराम भर्ने उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम रजिष्टर्ड गरिएको इमेल ठेगाना र पावर्ड प्रयोग गरी प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने  आयोगले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी अनिवार्य रुपमा साथमा ल्याउन समेत सूचनामा उल्लेख गरेको छ ।

A Levels MA