त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ । त्रिविको योको सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) सत्रान्त परीक्षा सो मितिमा सञ्चालन गर्ने भएको हो ।
उक्त संकायको डीन कार्यालयले आज सार्वजनिक गरेको सूचना अनुसार स्नातक तहको खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको विज्ञान शिक्षा प्रथम र छैटौं सेमेस्टरको भाद्र चौँथो हप्ता हप्ता र (खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको सामाजिक अध्ययन शिक्षा) को पनि सोही हप्ता सञ्चालन गर्ने भएको छ ।
त्यस्तै स्नातक तहकै आठौं सेमेस्टरको असोज तेस्रो हप्ता सञ्चालन गर्ने भएको छ । भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको क्रमशः असोज पहिलो र चौथो हप्ता सञ्चालन गर्ने भएको छ ।
डीन कार्यालयले प्रकासन गरेको उक्त सूचनामा परीक्षाको विस्तृत तालिका पछि सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।