After SEE Portal

कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत नआए ‘अनुत्तीर्ण’

Bridge Course

कक्षा १२ को परीक्षामा पार पाउन न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत २०७८ सालको एसईईको नतिजा सार्वजनिक गर्दा अघिल्लो दिनमा लेटर ग्रेडिङ निर्देशिका संशोधन गरिएको थियो । त्यसमा साविककै व्यवस्थाअनुरुप मूल्याङ्कन गर्ने निर्णय गरिएको थियो । सोहीअनुरुप कक्षा १२ मा पनि लागू हुने चर्चा भइरहेको सन्दर्भमा बोर्डले कक्षा १२ मा नयाँ व्यवस्थाअनुसार नै हुने स्पष्ट पारेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले लेटर ग्रेडिङ निर्देशिकामा भएको व्यवस्थाअनुसार कक्षा १२ का परीक्षार्थीको मूल्याङ्कन हुने बताउँदै भने, “निर्देशिकामा ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क भएकाहरुको प्रमाणपत्रमा ननग्रेडेड (एनजी) भनेर व्यवस्था छ । त्यसैले एसईईको जस्तो नतिजा हुने भन्ने भ्रममा नपर्न अनुरोध गर्दछौँ । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् ।” ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले पुनःपरीक्षा दिनुपर्ने हुन्छ ।

उनले निर्देशिकामा नयाँ पाठ्यक्रम लागू भएका तहमा नयाँ व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने स्पष्ट उल्लेख भएको र कक्षा १२ मा पनि नयाँ पाठ्यक्रम लागू भएको बताउँदै गत एसईईमा जस्तो मूल्याङ्कन विधि परिवर्तन गर्न सम्भव नभएको स्पष्ट गरे ।

बोर्डले तीजका दिनमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाएकोमा सामाजिक सञ्जालमा त्यसको विरोध भएपछि हतारिँदै बैठक स्थगित गरेको थियो । परीक्षा नियन्त्रक शर्माले सकभर त्रुटि कम होस् भन्नका लागि थप कार्य भइरहेको बताउँदै भने, “यसै साताभित्र नतिजा सार्वजनिक गर्नेछौँ । त्रुटि कम हुँदा विद्यार्थीले दुःख पाउनुपर्ने अवस्था रहँदैन । त्यसैले हतार नगरी धैर्य गर्न विद्यार्थीहरुलाई अनुरोध गर्छौँ ।” नतिजा सार्वजनिक गर्ने उद्देश्यले आज विहानसम्म बोर्ड बैठक डाकिएको छैन । 

A Levels MA
Thuprai - Books and E-books