Bachelors Portal

त्रिविको आन्तरिक प्रतियोगिताको अधिकांश पदमा उत्तीर्ण संख्या शून्य (नतिजा सहित)

त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीको बढुवाका लागि लिइएको आन्तरिक परीक्षाको अधिकांश पदमा कोही पनि उत्तीर्ण हुन सकेका छैनन् । त्रिवि सेवा आयोगले गत माघ १४ गतेदेखि २५ गतेसम्म लिएको परीक्षाको नतिजामा विभिन्न १३ ओटा प्रशासनिक पदको नतिजा शून्य आएको हो ।

आयोगले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार १८ वटा प्रशासनिक पदमा बढुवाका लागि लिइएको परीक्षामा १३ ओटामा कोही पनि पास हुन नसकेका हुन् । सो परीक्षामा पाँच ओटा मात्र पदमा उम्मेद्वार उत्तीर्ण भएका छन् भने १३ पदमा शून्य नतिजा आएको हो ।

आयोगले मुख्य कार्यलय सहायक पदका लागि पद माग संख्या २१ जना को गरेको थियो । सो परीक्षामा २६ जना सहभागी भएको भए पनि एक जना पनि उत्तीर्ण हुन सकेका छैनन् । त्यसैगरी १३ पद संख्या माग भएको कार्यालय सहायक पदको परीक्षामा ३७ जना सहभागी भए तर उत्तीर्ण भने कोही हुन सकेका छैनन् । त्यस्तै ८ पदका लागि आर्थिक उप–नियन्त्रकको लागि भएको लिखित परीक्षामा १५ जना सहभागी भएका भए पनि कोही उत्तीर्ण हुन सकेका छैनन् ।

त्यस्तै लेखा अधिकृत पद माग संख्या ७ जनाको थियो । लिखित परीक्षामा सहभागी १९ जना, लेखा सहायक पदका लागि माग संख्या ५ रहेकोमा लिखित परीक्षामा सहभागी २३ जना, सहपुस्तकाललयध्यक्ष पदका लागि माग संख्या एकमा लिखित परीक्षामा सहभागी २ जना, उपपुस्ताकालयध्यक्ष पदमा माग संख्या तीन जना लिखित परीक्षामा सहभागी एक जना, पुस्तकालय सहायक पदमा माग संख्या २ लिखित परीक्षामा सहभागी ३ मध्ये उत्तीर्णको संख्या भने शून्य रहेको छ ।

सार्वजनिक भएको नतिजामा नर्सिङ सहनियन्त्रकमा माग संख्या १ जनाको थियो । सो परीक्षामा सहभागी चार जना, थिए । नर्सिङ अधिकृतमा माग संख्या ५ जना लिखित परीक्षामा सहभागी १४ जना, ल्याव अधिकृत माग संख्या एक जना, लिखित परीक्षामा सहभागी एक जना, मुख्य प्राविधिक सहायक (कम्प्यूटरमा) माग संख्या चार जना लिखित परीक्षामा सहभागी १ मध्ये लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको सेवा आयोगले जारी गरेको नतिजामा उल्लेख छ ।

थोरै उत्तीर्ण

सेवा आयोगले सार्वजनिक गरेको नतिजामा माग गरिएको एक पदमा बाहेक अन्य पदहरुमा अत्यन्तै न्यून संख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन् ।

स्वास्थ्य सेवातर्फ नर्सिङ उपनियन्त्रक पदमा तीनजना माग भएकोमा तीनैजना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी ४२ जनामध्ये तीन जनाले मात्र नाम निकाल्न सफल भएका नतिजामा उल्लेख छ ।

सेवा आयोगले सहप्रशासक (अधिकृत प्रथम) पदको लागि ८ संख्या माग गरेको छ । लिखित परीक्षामा सहभागी २५ जनामध्ये दुई जना मात्र उत्तीर्ण भएका छन् । उपप्रशासक (अधिकृत द्वितीय) पदमा १६ जना माग भएकोमा लिखित परीक्षामा ६१ जना सहभागी मध्ये एक जना, २० पदका लागि शाखा अधिकृत तहमा ९३ जना परीक्षार्थी सहभागी मध्ये एकजना मात्र उत्तीर्ण भएका छन् ।

यसैगरी ३ जना माग गरिएको आर्थिक प्रशासनतर्फको आर्थिक सह नियन्त्रक पदको परीक्षामा १४ जनाले परीक्षा दिएकोमा दुई जना मात्र उत्तीर्ण भएको त्रिवि सेवा आयोगको नतिजामा उल्लेख छ ।

२० जनाको उत्तर पुस्तिका रद्द

परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै २० जनाको उत्तर पुस्तिका आयोगले रद्द गरेको जनाएको छ ।

आयोगले सूचना जारी गर्दै सह प्रशासक पदका पाँचजना, उपप्रशासक पदका आठजना, शाखा अधिकृत पाँचजना तथा कार्यालय सहायक र आर्थिक उपनियन्त्रक एक एक जनाको उत्तर पुस्तिका रद्द गरिएको जनाएको छ ।

नतिजा हेर्नुहोस्

Thuprai - Books and E-books