After SEE Portal

हो म शिक्षक

Bridge Course

सन २०१९ मा विश्वका राम्रा शिक्षकका रुपमा छनोट भएका शिक्षक केन्याका पिटर ताबिजको भनाइ अनुसार " मेरा सिकारुहरू ज्ञान, कौशलता र आत्मविश्वासमा पूर्ण भएको देख्दा म म आफ्नो पेसामा आनन्द पाउँछु!  जब उनीहरू समाजमा लचिलो, रचनात्मक र उत्पादक हुन्छन्, म आफूलाई भाग्यमानी ठान्छु ठूलो भाग्य सक्षमकर्ता र कुञ्जीको रूपमा कार्य गर्दछु किनकि म उनीहरूको क्षमतालाई सबैभन्दा उत्साहजनक तरिकाले अनलक गर्दछु"।

 शिक्षकहरुलाइ सधै ठूलो सम्मान दिइन्छ। अन्य पेसाको उद्देश्य उत्पादन र सेवा दिनु हो । एक शिक्षकको उद्देश्य ठुला व्यक्ति उत्पादन गर्नु हो । सन् २०१८ मा भार्की फाउन्डेसनले गरेको अध्ययनमा विश्वका प्रमुख १० वटा पेसा मध्ये १४ मा ७ नम्बर ल्याएर प्रमुख १० औ स्थानमा रहेको छ ।

उक्त अध्ययनमा चीन, मलेसिया र ताइबान जस्ता देशहरूमा सम्मिलित छन् तर अन्य पश्चिमी मुलुकमा छैनन । संसारभरि  कुशल शिक्षकको अभाब छ । धेरै मानिसहरु यसलाई सबैभन्दा सजिलो पेसाका रूपमा लिने गर्दछ्न सम्मानित छन् तर  बास्तबमा सबैभन्दा गाह्रो पेसा नै शिक्षण हो।

प्रसिद्ध भौतिकशास्त्री  अल्बर्ट आन्सटाइनका अनुसार "रचनात्मक अभिव्यक्ति र ज्ञानमा आनन्द जगाउन यो शिक्षकको सर्वोच्च कला हो " उनी  कक्षा कोठामा अध्यापन गराउन सक्दैनथे अथाह ज्ञान भएर  पनि भौतिक विज्ञानको "थर्मोडाइनामिक्स " पाठ पढाउनको लागि उनले युनिभर्सिटी  अफ बर्नमा मौका पाए सुरुमा ३ जना विद्यार्थीले उनको कक्षा मन पराए दोस्रो बर्ष १ जना मात्रै विद्यार्थी भर्ना भएपछि उनको कक्षा बन्द भयो।  

सिकारुले सिक्नका लागि मद्दत गर्ने कला र  बिज्ञानका रूपमा शिक्षण लाई  लिइन्छ। ज्ञानको व्याख्या गर्ने,ह्वाइटबोर्डमा  लेख्ने,बिद्यार्थीहरुलाइ बुझ्ने ,भबिस्यका कर्णधार निर्माण गर्ने पेसा वास्तविक रूपमा सबैलाइ अगाल्न गाह्रो पर्दछ तर मलाई यो पेसा सार्है रमाइलो लाग्दछ ।

शिक्षणविधि शिक्षण र विधि शब्द मिलेर बनेको हो । शिक्षण भनेको पढाई त विधि भनेको तरिका हो यसर्थ शिक्षण विधि पढाइको तरिका हो । विभिन्न विधिहरुको प्रयोग गरेर कक्षाकोठामा नयाँ  नयाँ कुराहरु विद्यार्थीलाई सिकाउन पाइने, विद्यार्थीहरुको उत्सुकता मेटाउन पाउँदा, विद्यार्थीसंग घुलमिल भएर उनिहरुसंग रमाउदाको आनन्द छुट्टै हुन्छ।

निम्न कारणले गर्दा म शिक्षक हु :-

-मलाई नयाँ नयाँ कुराहरु अध्ययन गर्न मनपर्छ।

- सिकारुलाई सन्तुष्ट राख्न सक्ने क्षमता छ।

- मलाई हास्न र बच्चाहरु खुशी देख्न मन पर्छ।

-आफूसंग भएका विभिन्न  सिपहरु प्रयोग गर्ने स्थान शिक्षण हो।

-म प्रत्येक विद्यार्थीहरुलाइ राम्रो स्कुल अनुभव दिन चाहन्छु।

- मलाई प्रेरणा दिने महान शिक्षकहरु थिए ।

- म धेरै धनको आशा राख्दिन।

- एउटा बालकको रूपमा सधै विद्यालय जान्छु।

- विद्यार्थीहरुको रुचि,क्षमता पत्ता लगाउन सक्छु।

- बिद्यार्थीसंग समय बिताएको पत्तै पाउदिन।

 सबैभन्दा सम्मानित पेसा हो शिक्षक तर नेपालमा देशकाल, परिस्थिति अनुरुप त्यस्तो हुन सकिरहेको छैन । वास्तविक शिक्षण पेसा अगाल्न चाहने व्यक्तिलाई मात्रै शिक्षण पेसामा भित्र्याउन सकेको खण्डमा धेरै राम्रो हुने देखिन्छ यसबाट समाज,रास्ट्र,देशको स्तर माथी उठाउनका लागि धेरै समय कुर्नु पर्दैन ।

A Levels MA