CMAT

याङवरकले भाडा तिरेरै आवासीय विद्यालय सञ्चालन गर्यो

Bachelors Portal

पाँचथरको याङवरक गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सातौँ तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले भौगोलिक विकटता र कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने विद्यार्थीहरुका लागि च्याङथापूको विष्णु माध्यमिक विदालयमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको हो ।

विसं. २००९ सालमा स्थापना भएको विद्यालयमा आर्थिक रुपमा विपन्न र पछाडि परेका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले गतवर्ष देखि भाडामा घरको व्यवस्थापन गरी २५ जना बालबालिकालाई आवासीय सुविधा सहित अध्यापन गराइ रहेको गाउँ शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले जानकारी दिए । प्रमुख गौतमका अनुसार विद्यालयले गाउँपालिकाको छनोट समितिले विभिन्न सूचकका आधारमा छनोट गरेका विद्यार्थीलाई आवासीय सुविधा प्रदान गर्दै आएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले ४९६ जना विद्यार्थी अध्ययनरत छन् । ‘गाउँपालिकाले वार्षिक १ लाखभन्दा बढी भाडा तिरेर बालबालिकालाई आवासीय सुविधा प्रदान गर्दै आएको छ ।’ उपाध्यक्ष कमलकुमारी योङहाङले भनिन् , ‘ यसले थोरै भएपनि बालबालिकालाई राहात मिलेको छ ।’

१० वटा विद्यालयमा नयाँ भवन तथा ब्लक निर्माण गरेको छ । यहाँ सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, छवटा मावि र १५ वटा आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीको विद्युतीय हाजिरीको व्यवस्था गरेको उपाध्यक्ष योङहाङले जानकारी दिइन् ।

Thuprai - Books and E-books
I Tech store