After SEE Portal

विश्व निकेतन माविले हिरक बर्ष मनाउने

Bridge Course

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले आगामी बर्षभरि विभिन्न कार्यक्रमका साथ हिरक बर्ष मनाउने भएको छ ।

आफ्नो स्थापनाको ७५ औं बर्से यात्रा पुरा गरी ७६ औं बर्से यात्रा सुरु गरेको सो विद्यालयले आगामी बर्षभरि हिरक बर्ष मनाउने निर्णय गरेको हो ।

२००३ साल माघ १९ गते स्थापना भई धेरै डाक्टर, इन्जिनियर, पाइलटलगायत राष्ट्रियतथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति जन्माउन सफल सो विद्यालयले हिजो आफ्नो ७५ औं स्थापना दिवस मनाएको विद्यालयले बार्षिकोत्सम कार्यक्रमबाटै हिरक वर्ष मनाउने घोषणा गरेको प्रधानाध्यापक हेरम्बराज केडेलले जानकारी दिए ।

सो कार्यक्रममा विद्यालयले स्थापनाकालदेखि हालसम्म पार गरेका आरोहअवरोह समेटिएको ‘ए गिल्मस् इन टु विश्व निकेतन’ पुस्तकको बिमोचन गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तन्डुकारले एक्काइसौं शताब्दीको माग अनुसार बिश्व निकेतनले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा बधाइ दिँदै विद्यालयलाई हरतवरबाट सहयोग गर्न आफू तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

कोरोना महामारीका बिच औपचारिक कार्यक्रमका विच सम्पन्न भएको सो वार्षिकोत्सवमा कामपाका शिक्षा विभागका शाखा अधिकृत मोतिप्रसाद भट्टराई , पूर्व प्रधानाध्यापक निर्मल गिरि , विद्यार्थीहरु भेषराज उपाध्याय , सृष्टि बिश्वकर्मा, एलिशा थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो विद्यालयमा अहिले ईसीडीदेखि १२ कक्षा सम्म ३हजार २१४ विद्यार्थीहरु अध्ययनरत छन् । हिजो सम्पन्न सो कार्यक्रममा शिक्षक गङ्गा थापाले स्वागत मन्तव्य , प्रधानाध्यापक हेरम्बराज कडेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६ मा ईसीडीदेखि १२ कक्षा सम्म बार्षिक परिक्षामा प्रथम , द्वितीय , तृतीय हुने र उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार , प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो।

A Levels MA