A Levels MA

‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक कार्यशाला सम्पन्न

‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ ।  पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण क्याम्पसको आयोजनामा पोखरामा असार २ र ३ गते दुई दिन सो कार्यशाला आयोजना गरिएको हो ।

दक्षिण एसियाली अध्ययनका विभिन्न पक्षका अन्तरविषयमा सहभागी विद्वानहरूले प्रस्तुतीकरण र सामूहिक छलफल गरेका थिए । सम्मेलनले दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित संग्रहालय र स्मारकहरू, आदिवासी, भाषा र साहित्य, पर्यटन, वातावरण र इकोक्रिटिकिजम्,  सिनेमा, प्रदर्शन र दृष्यकला तथा  नयाँ मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत  गरेका थिए ।

 सम्मेलनमा प्रस्तुत भएका दक्षिण एसियाका विविध सांस्कृति, इतिहास, भाषा र साहित्यसँग सम्बन्धित विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित  बताइको छ ।  नेपाल यात्रु र साहसिक यात्रा खोज्नेहरूका लागि पनि उत्कृष्ट गन्तव्य स्थल रहेको र यहाँको समृद्ध सम्पदा, साहसिक कार्य, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताका विभिन्न पक्षहरूलाई समेत विश्वसामू ल्याउन सम्मेलन फलिभूत हुने विश्वास लिइएको छ ।

सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, बंगलादेश र इटालीका १५ वटा विश्वविद्यालयहरूबाट कुल ८६ जना प्राध्यापक, स्वय्सेवक एवम् अनुसन्धानकर्ताहरू सहभागी थिए । सम्मेलनमा कुल ३५ ओटा पेपरहरू प्रस्तुत  गरेका थिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, नेपालका अंग्रेजी केन्द्रीय विभागका प्राडा। अभि सुवेदी प्रमुख वक्ता रहेका थिए ,

पाँच सत्रमा चलेको सम्मेलनको सत्रको अध्यक्षता प्राडा अभि सुवेदी, प्राडा जिवलाल सापकोटा, प्रा विश्वराज अधिकारी, प्राडा धु्रव कार्की र प्राडा। मोम्मद इस्लामले गरेका थिए ।

उद्घाटन सत्रको अध्यक्षता पृथ्वी नारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख सह–प्रा। घनबहादुर थापाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल  रहेका थिए । त्यसैगरी समापन समारोहको अध्यक्षता पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह–प्राडाअजय थापाले गरेका थिए । त्यसको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले गरेका थिए ।

सम्मेलनको आयोजक समितिको संयोजकमा पृथ्वी नारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख सह–प्रा घनबहादुर थापा र वैज्ञानिक समितिको संयोजकमा प्राडा। मिन पुनले गरेका थिए ।

Thuprai - Books and E-books