Bachelors Portal

कक्षा ११ मा एक लाख विस हजार विद्यार्थीको छुटेको सिकाइ कसले पुरा गर्ने ?

Managed Admission 2022

अधिकांश विद्यालयले चालु शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । दोस्रो हप्तासम्म नयाँ विद्यार्थीलाई स्वागत गर्दै अधिमुखीकरण तथा अन्य क्रियाकलापमा विद्यार्थी अल्मल्याएका विद्यालयले तेस्रो हप्तादेखि पठनपाठन सुरु गरे । विद्यालयमा पढाइ हुने दिनेको जम्मा ३५–४० दिन कक्षाकोठामा विद्यार्थीलाई बिताइ सकेका छन् । कतिपय विद्यालयले तेस्रो एकाइसम्मका पाठ पढाउन भ्याइसकेका छन् । भने केहिले भर्खर कक्षा सुरु गर्दै गरेको निलबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका नेपालले बताइन । ‘पुरक परीक्षाको नतिजा पछि पनि नयाँ विद्यार्थी आउछन् भनेर नै पर्खिएका थियौं ।’ उनले भनिन्, ‘एक महिना पढाइ भएको छ कोर्स सकिएपछि विद्यालयले पाठ रिभिजन गर्दा अहिले पढाइ भएको पाठ नयाँ पढाउने सोच बनाएका छौं ।’

विश्व निकेतन माध्यमिक विद्यालयले भने ढिलो भर्ना हुन आउने विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि सिकाइ उपलब्धिमा कमी हुन नदिने जानकारी दियो । एउटै कक्षामा दुई थरी विद्यार्थी हुँदा पठनपाठन गराउँदा समस्या हुने विद्यालयले जानकारी दियो ।

पाठ्यक्रमको सिद्धान्त अनुसार एकपाठको अर्को पाठसंग लम्बीय तथा समतलीय सम्बन्ध हुन्छ । सोही कारण अघिल्लो पाठ छुटेका कारण पछिल्लो पाठ बुझ्न कठिन हुने विद्यार्थीहरू बताउँछन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) गे्रडवृद्धि (पुरक) परीक्षाको नतिजा पछि ग्रेडेड भएका विद्यार्थीको छुटेको पढाइका विषयमा अहिलेसम्म कुनै पनि पालिकाले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । नत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै कुनै योजना अघि सारेको छ ।

पुरक परीक्षामा १ लाख २० हजार पास

राष्ट्रिय परीक्षा बोर्डले असार १४ गते २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्यो । सो परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्ने मौका पाए । उक्त दिन प्रकाशित नतिजा अनुसार ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेड (एनजी) मा परेका थिए ।

नतिजा प्रकाशित भएको दिनसम्म दुई विषयमा एनजी आएका विद्यार्थीलाई मात्र पुरक परीक्षा दिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार भएको थियो । नतिजामा आधाभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि हतासमा गएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निर्देशिका संशोधन गरेर एनजी आएका सबैले एक पटकका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा दिन पाउने व्यस्था गर्यो ।

सोही व्यवस्था अनुसार गत साउन २३ देखि ३१ गतेसम्म बोर्डले पुरक परीक्षा सञ्चालन गर्यो । उक्त परीक्षामा २ लाख १० हजार ३२१ जना विद्यार्थी सहभागी भएका थिए । बोर्डले असोज ७ गते नतिजा सार्वजनिक गर्यो । सो नतिजामा १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशतले ग्रेड प्राप्त गरे । अथवा परीक्षामा सहभागी मध्ये ५६.७८ प्रतिशका लागि कक्षा ११ मा प्रवेश गर्ने खुट्किलो पार भयो भने, ९० हजार ८८८ जना ननग्रेडेड अर्था पुन एसईई दिनु पर्ने अवस्थामा पुगे ।

जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना, जिपिए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना, जिपिए ३.१ देखि ३.६ ल्याउने एक हजार ५१८ जना र जिपिए ३.६१ देखि ४.० ल्याउने १८ जना छन् ।

एनजी आएका विषयमा परीक्षा दिन पाउने

लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधन सहित)  को व्यवस्था अनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अङ्क ल्याउनु पर्ने व्यवस्था रहेको छ। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कको विषयमा कम्तिमा २७ अंक र आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक ल्याउनु पर्ने व्यवस्था छ ।

को नतिजामा कुनै विषयमा एनजी आएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि आगामी बार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेको छ ।

आगामी वर्षको बार्षिक परीक्षा २०८१ चैत्र ७ देखि सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

Select college / campus