After SEE Portal

शिक्षक अस्पतालका लागि ठाउँ कहाँ भेटिएला ! (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक १९–२६)

Bridge Course

यो हप्ता मन्त्री स्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गरेसंगै सरकारले बजेट भाषणामा सार्वजनिक गरेको कार्यक्रमले प्राथमिकता पाउने संकेत मिलेको छ । शिक्षकहरुका लागि खोल्ने भनिएको अस्पात कुन ठाउँमा उपयुक्त हुन्छ सो को अध्ययन गरी दुई महिनाभित्र उपयुक्त स्थान पहिचान गरी सिफारिस गर्न समयावधि प्रदान गरिएको छ । जग्गा व्यवस्थापन हुनेवित्तिकै काम शुरु हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

डा। विमल चालिसेको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले शिक्षक अस्पतालका लागि काठमाडौं, चितवन वा कहाँ स्थान पहिचान गर्छ भन्नेमा अधिकांशको चासो बढेको छ । शिक्षामा पटक आयोग र समिति गठन हुने, प्रतिवेदन तयार भएर थन्किने परम्परा रहेको छ । सोही परम्पराको निरन्तरता त हुँदैन भन्नेमा आंशका रहेको अधिकांश शिक्षकहरु बताउँछन् ।देशभरका शिक्षकलाई पायक पर्ने स्थानमा अस्पताल खोलिनु पर्ने आम शिक्षकको माग छ ।

शिक्षकको आन्दोलन स्थगित

गत वैशाख २१ गते देखि निर्णयक आन्दोलन गर्ने भन्दै विभिन्न चरणको आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले चौथो र आखिरी चरणको भनिएको पूर्व निर्धारित सडक आन्दोलन स्थगित गरेको छ ।

सरकारले टोली गठनगरी वार्तामा आउन आव्हान गरेको हुँदा कार्तिक २८ गतेदेखि गर्ने भनेको काठमाडौं केन्द्रित आन्दोलन तत्कालका लागि स्थगित गरेको हो । सरकारका तर्फबाट आन्दोलन स्थगित गरी वार्तामार्फत् शिक्षक–कर्मचारीका समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोली पठाउन औपचारिक पत्र प्राप्त भएको हुनाले तुरुन्तै सरकारसंग वार्तामा सामेल हुन आन्दोलन स्थगित गरेको महासंघले एजनाएको छ ।

पूर्व ३० बँुदे सहमति एवम् २०७८ वैशाख २० गते अघि सारिएको ३४ सूत्रीय मागपत्रमा उठाइएका मागमुद्दा सम्बोधनको विश्वसनीय आधार निर्माणका लागि मन्त्रालयले वार्ताको टेबलमा प्रष्ट खाका र योजना सहित आउन पत्राचार गरेको हुँदा आन्दोलन स्थगित गरेको हो ।

छैनन् ब्रेल पाठ्यपुस्तक

कक्षा ११ र १२ मा पढ्ने न्यून दृष्टियुक्त व्यक्ति ९दृष्टिविहीन० बालबालिकाका लागि आवश्यक पर्ने ब्रेल पाठ्यपुस्तक सरकारले तयार नगर्दा यो समूहका बालबालिकाको सिकाइ प्रभवित भएको छ । देशका कुनै पनि स्थानमा अध्ययन गर्ने यो समूहका बालबालिकाको सिकाइमा समस्या देखिएको हो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दबाडी सरकारले कक्षा १० सम्ममात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि नबढाएको जानकारी दिइन् । उनका अनुसार सरकारले ११ र १२ को ब्रेल पाठ्यपुस्तक हालसम्म छाप्ने योजना राखेको छैन ।

बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिले मंसिर ९ गते भित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेश गर्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०७८ बमोजिम दरखास्त माग गरेको हो ।

ऐनको दफा ४ क को उपदफा ९३० बामेजिम सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था भएको हुँदा सिफारिस समितिले आज दरखास्तमाग गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books