After SEE Portal

बार्षिक करोडौं लगानी गरेर सरकारले उत्पादन गरेका सीटीईभीटीका प्राविधिक कहाँ छन् ?

Bridge Course

चालु शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र प्रि–डिप्लोमा तहमा पनि सातओटै कार्यक्रममा २८० जना गरी जम्मा ५६० जनाले यो छात्रवृत्तिमा अध्यापन गराइरहेको छ । हालसम्म परिषद्बाट ७ हजार ११० जनाले यस प्रकारको छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।

त्यसै गरी वर्गीकृत निशुल्क छात्रवृत्ति अन्तर्गतशैक्षिक सत्र २०७८–७९ सम्ममा यो छात्रवृति प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीको संख्या ४ हजार २३३ रहेको छ ।

प्राविधिक शिक्षाका कार्यक्रमहरुमा पिछडिएका वर्ग, क्षेत्र र समुदायको पहुँच बृद्धि गर्ने उद्देश्यका साथ परिषद् कार्यालयले नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत विशेष छात्रवृत्तिको व्यवस्था गरी दलित, मुस्लिम, विपन्न, लोपोन्मुख, अल्पसंख्यक लगायत सरकारले तोकेको लक्षित वर्गलाई निर्वाह भत्ता, यातायात र पोशाक खर्च समेतको व्यवस्था गरी निःशुल्क प्रशिक्षणको व्यवस्था गर्दै आएको छ ।

त्यसै गरी वर्गीकृत निशुल्क छात्रवृत्ति अन्तर्गत लक्षित वर्गमा अपाङ्ग, पूर्व कमैया-हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला (एकल महिला), सूचिकृत आदिवासी–जनजाति र आर्थिक वा सामाजिक रुपमा विपन्न वर्गका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

“डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिमप्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।सोही अनुसार सीटीईभीटीले २ हजार ९१३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी वर्गीकृत (निःशुल्क) छात्रवृत्ति प्रदान गर्छ ।

यो छात्रवृत्तिमा प्रमाणपत्र तह सामान्य चिकित्सामा १५९,  प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी १०६, प्रमाणपत्र तह डेन्टल साइन्स २१, प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी ४०, प्रमाणपत्र तह सामान्य आयुर्वेदिक चिकित्सा ९, प्रमाणपत्र तह अध्यात्मिक विज्ञान ९, प्रमाणपत्र तह अकुपञ्चर ३, डिप्लोमा इन फार्मेसी१३८,  प्रमाणपत्र तह फिजियोथरापी २,डिप्लोमा इन योग एन्ड नेचुरोपेथी ३,डिप्लोमा इन सिभिल  न्जिनियरिङ ७७५, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ ९६,  डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ ४, डिप्लोमा इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ ४४, डिप्लोमा इन जिओमेटिक्स इन्जिनियरिङ १४०, डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ ,३६ डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ ३६ डिप्लोमा इन मेकाट्रोनिक्स इन्जिनियरिङ २ डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ ५४, डिप्लोमा इन इनफरमेसन टेक्नोलोजी (आईटी) ६८, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ १७५, डिप्लोमा इन रेफ एन्ड एसी इन्जिनियरिङ ४ डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर) १६, डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) ५३१ डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान) २४६, डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी १५,  डिप्लोमा इन फरेस्ट्री १४७, डिप्लोमा इन होटल म्यानेजमेन्ट २७,  सोसियल वर्कर ३ जनालाई विभिन्न शिक्षलयमा अध्यापन गराइरहेको छ ।

सीटीईभीटीका कार्यक्रममा लाग्ने शुल्क

सीटीईभीटीद्वारा सञ्चालन गरिने कार्यक्रमहरू प्रि–डिप्लोमा र डिप्लोमा तहका लागि निश्चित शुल्क निर्धारण गरेको छ ।

सीटीईभीटीका आंगिक, साझेदारी र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) मा सञ्चालित प्रमाणपत्र तथा डिप्लोमा र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूका लागि पछिल्लो समय २०७८ भदौ ४ गतेको निर्णयानुसार प्रशिक्षण शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ ।

जस अनुसार आङ्गिक शिक्षालयमा प्रि–डिप्लोमा तर्फ संचालित कार्यक्रमहरुको अधिकतम शुल्क रु. १५ हजारदेखि २२ हजारसम्म तोकिएको छ ।

सामुदायिक विद्यालय र साझेदारी स्वरूपमा सञ्चालित शिक्षालयहरूमा अधिकतम शुल्क रु. ५५ हजारदेखि ६५ हजारसम्म निर्धारण गरेको छ । त्यसैगरी डिप्लोमा तथा प्रमाण पत्र तहमा आङ्गिक शिक्षालयहरूमा अधिकतम शुल्क रु. १ लाख ६० हजार, सामुदायिक विद्यालय (टेक्स) र साझेदारीमा रु. १ लाख ९० हजार तोकिएको छ ।

परिषद्ले निजी प्राविधिक शिक्षालयले सञ्चालन गर्ने प्रमाणपत्र तह नर्सिङ्गको लागि रु. ४ लाख ७५ हजार, सामान्य चिकित्साको लागि रु. ४, लाख ४ हजार र डिप्लोमा इन फार्मेसीको लागि रु. ३ लाख ३७ हजार ८०० शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ ।

परिषद्ले तोकेको शुल्क तीन किस्तामा बुझाउन सकिने व्यवस्था गरेको छ पहिलो किस्ता तोकिएको शुल्कको ४०, दोस्रो र तेस्रो किस्ता ३०–३० प्रतिशत गरी बुझाउन सकिने व्यवस्था गरेको छ ।

जनशक्ति

आर्थिक वर्ष २०७८–७९ सम्ममा सीटीईभीटीबाट डिप्लोमा तथा प्रमाणपत्र तहमा १ लाख १८ हजार ६१७ जना र प्रि–डिप्लोमा तहमा २ लाख ५६ हजार २६६ जना प्राविधिक जनशक्ति उत्पादन गरेको छ । लामो अवधिका प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमबाट हालसम्म ३ लाख ७४ हजार ८८३ जना प्राविधिक जनशक्ति उत्पादन गरेको सीटीईभीटीको बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

छात्रवृत्तिमा पढेका कहाँ छन् ?

चालु शैक्षिक सत्रमा सरकारले ५६० जना प्राविधिक उत्पादन गर्ने लक्ष्यका साथ लगानी गरिरहेको छ । डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जनाका लागि सरकारले न्यूनतम् प्रतिविद्यार्थी रु. ६५ हजार शुल्क लगायत अन्य श्रीर्षकमा खर्च गर्दै आएको छ । कतिपयलाई निर्वाह भत्ता, यातायात सुविधा लगायका खर्च पनि सरकारले वार्षिक खर्च गर्दै आएको छ ।  त्यस्तै प्रि–डिप्लोमा तहमा पनि सातओटै कार्यक्रममा २८० जनालाई नै शुल्क न्यूनतम २२ हजार रुपियाँ खर्च गर्दै आएको छ । यी दुई श्रीर्षकमा प्रदान गरिएका छात्रवृत्ति शुल्कमा मात्र वार्षिक  करिब २ करोड ४३ लाख ६० हजार रुपियाँ खर्च गर्छ । यसका अलाव विभिन्न श्रेत्रगत श्रीर्षकमा प्रदान गरिने निर्वाह भत्ता, आवासुविधा सहतिका विशेष छात्रवृत्तिमा हुने खर्च जोड्दा बार्षिक ३ कराड रुपियाँ भन्दा बढी सीटीईभीटी मार्फत खर्चदैं आएको छ । तर सीटीईभीटीलाई आफूले आफ्नै लगानीमा उत्पादन गरेका जनशक्ति कहाँ छन् ? भन्ने सम्म थाहा छैन । सरकारलाई पनि अनुगमन गर्ने ? जनशक्तिलाई राष्ट्रनिर्माण लगाउनुपर्छ भनेर अभिलेशीकरण गर्ने फुर्सद नै छैन । त्यसैले आफ्नै लगानीमा उत्पादन गरिएका प्राविधिक कहाँ छन् सम्म थाहा छैन ।

A Levels MA
Thuprai - Books and E-books