A Levels MA

लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बीबीए–एफए तेश्रो तथा पाचौं सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा बीबीए–एफए प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले क्याम्पसका विभिन्न शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीहरुको सक्रिय सहभागिताले गर्दा नै क्याम्पस नमुना क्याम्पसको रुपमा स्थापित हुन सहयोग पुगेकोे बताए ।

विशिष्ट अतिथि एवं निमित्त क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीले विद्यार्थीहरुको मिहिनेत र लगनशीलताले नै क्याम्पसले थप उचाई हासिल गर्ने भएकाले नवआगन्तुक विद्यार्थीहरु पनि सो बाटोमा लम्की क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास व्यक्त गरे । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं बीबीए कार्यक्रम इन्चार्ज उपप्राध्यापक द्वारिका प्रसाद गौतमले शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो साथै उहाँले क्याम्पसले विद्यार्थीहरुको श्रृजनशील कार्यहरुलाई प्रोत्साहन गर्नेे भएकोले यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए ।

बीबीए तेश्रो सेमेष्टरकी सोनिया अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थी बीबीए प्रथम सेमेष्टरका सन्तोष सुवेदी र कृति पौडेलले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा अध्ययन गर्न पाउनु आफ्ना लागि सुनौलो अवसर रहेको बताए ।

बीबीए तेश्रो सेमेष्टरकी विद्यार्थी विन्दु कंडेलको सभापतित्वमा भएको स्वागत कार्यक्रमको सञ्चालन विद्यार्थी सुदिप तिवारी र कविता खड्काले गरेका थिए । कार्यक्रममा विभिन्न खेलकुद तथा वौद्धिक कार्यक्रमहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Thuprai - Books and E-books