SEE Result 2082

मेघौली सेराइ ताज सफारीमा फोर्ब्स कलेजको स्वागत कार्यक्रम

भरतपुर -२, क्षेत्रपुर चितवनमा  रहेको  फोर्ब्स कलेजले शैक्षिकसत्र २०७६/०७७ मा भर्ना भएका  १३० विद्यार्थीहरु लाई मेघौली सेराइ अ ताज सफारीमा  स्वागत कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम मा बि एच एम तथा बि सि एस नेट्वोर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी प्रथम सेमेस्टर का विद्यार्थीहरुलाइ स्वागत गरिएको थियो।

कलेजका सहायक प्राचार्य  हरि शरण पाठकको सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अतिथी  कलेजका अध्यक्ष सन्जय झा हुनुहुन्थ्यो ।सो कार्यक्रम को सन्चलान सुलभ अधिकारी ले गर्नु भएको थियो भने स्वागत मन्तब्य दिवस मैनालीले राख्नु भएको थियो।

शिक्षकहरु योगेन्द्र मन्डल , राज सापकोटा, बिज्ञान बुढाथोकी तथा विद्यार्थीहरु ले पनि सो कार्यक्रममा मन्तव्य राख्नु भएको थियो।साथै विध्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा सहायक प्राचार्य पाठक ले विद्यार्थीहरुलाई कलेज ले प्रमाणपत्र मात्र वितरण नगर्ने विद्यार्थीहरु लाई  ब्यबहारिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्ने बताउनु भयो र चितवन जिल्ला मा एक अग्रणी  सस्थाको  रुपमा स्थापित फोर्ब्स कलेजलाई बिश्वास गरेर भर्ना भएकोमा  सम्पुर्ण  विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

+2 School
Counseling
Bachelors Portal