साप्ताहिक शैक्षिक गतिविधि (माघ ५-१२)

यो हप्ता राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् वैठकले पारित गरेसंगै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुने भएको छ । 

यस्तो छ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यवधि , सार्वजनकि शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनर्संरचना तथा विद्यार्थीको सिकाइ उपलब्धी स्तर अभिवृद्धिमा केन्द्रित गर्ने छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गत माघ ९ र १० गते ‘विद्यालय शिक्षा सम्मेलन हुँदै ’ विषयक राष्ट्रिय सम्मेलन गरेको छ । 

सम्मेलनमा नेपालका साथै विदेशी प्रतिनिधिको समेत सहभागिता रहेको थियो । सम्मेलनमा प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रमा नेतृत्वमा रहेका व्यवस्थापकलाई प्राज्ञिक एवं व्यवस्थापकीय उन्नयनका सत्र सञ्चालन गरिएको थियो । 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सार्वजनिक भएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको प्रारुप सार्वजनिक भएको हो । तर, प्रारुपमा गणित विषयलाई हटाइएको भन्दै प्रश्न उठ्न थालेको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्यो विश्वविद्यालयमा उत्पन्न विवादको समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएपछि ताला खुलेको हो ।