A Levels MA

पानी आयो विद्यालयमै बनभोज, सामाजिक सञ्जालमा आएपछि माफी, समाचार बनेपछि २४ घण्टे स्पष्टीकरण माग

मधेस प्रदेशको एक विद्यालयमा भएको घटनाको स्थानीय सरकारले स्पष्टीकरण माग गरेको छ । रौतहटको गढीमाई नगरपालिका सनमपुरको विद्यालयमा असार १५ मा विद्यालय परिसर भित्र कानून विपरीत आयोजना गरिएको मादक पदार्थ सहितको भोजभतेर कार्यक्रमको विषयलाई लिएर स्थानीय पालिकाले २४ घण्टे स्पष्टीकरण मागेको छ ।

गढीमाई नपा ७ धनाडी, धर्मपुर, रौतहटस्थित श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादवलाई पालिकाले स्पष्टीकरण माग गरेको हो ।

तथापि प्रधानाध्यापकलाई शुक्रबर पत्र काटिएको हुँदा अहिले सम्म जवाफ भने दिइसकेका छैनन् । हिजो शनिवार भएको हुनाले आज जवाफ आउनेमा  नगरपालिका विश्वस्त छ  ।

‘१९ औं राष्ट्रिय धान दिवस २०७९ को अवसरमा तपाई स्वयम् लगायत शिक्षक–शिक्षिका, कर्मचारीहरुको सहभागितामा श्रव्यदृश्य सहितको सामाचार विभिन्न सामाजिक सञ्जाल (फेसबुक, पत्रपत्रिका) बाट भएको सम्प्रेषण प्रति गढीमाई नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रधानाध्यापक यादवलाई शिक्षा शाखाले पत्राचार गर्दै, ‘प्रधानाध्यापकले शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, विद्यालयमा अनुशासन, सच्चरित्रता, शिष्टता कायम गर्न आवश्यक काम गर्ने, कुनै शिक्षक वा कर्मचारीले जानीजानी वा लापरवाहीसाथ कानुन विपरीत कुनै काम गरेमा सोको खबरदारी गर्ने गढीमाई नगरपालिकाको शिक्षा नियमावली, २०७४ र नगर शिक्षा ऐन, २०७६ मा व्यवस्था रहेको छ । तसर्थ, शैक्षिक तथा सामाजिक बातावरणमा पर्ने नाकारात्मक असरको संवेदनशिलतालाई नजरअन्दाज गरी प्रचलित कानुन विपरीत मादक पदार्थ निषेधित विद्यालय क्षेत्रमा मादक पदार्थ सहितको भोजभतेर के कति कारणले गर्न परेको हो ? तहाँबाट यस्तो गैह्र पेसागत क्रियाकलाप किन गरिएको हो ? सामाजिक तथा शैक्षिक वातावरण लगायत प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुले पालना गनपर्ने आचार संहिता प्रभाव पार्ने कार्य के–कसरी हन गएको हो ? २४ घण्टाभित्र सत्य तथ्य सहितको लिखित स्पष्टीकरण सहित। कार्यालयमा उपस्थित हुन जानकारीसाथ अनुरोध छ ’ भनिएको छ ।

नगरपालिकाले प्रधानाध्यापकसंग मौखिक स्पष्पटीकरण लिइसकेको नगर प्रमुख श्याम प्रसाद यादवले बताए । ‘पिकनिक जाने योजना थियो पानी परेर बाहिर जाने सक्ने अवस्था थिएन त्यसैले विद्यालयमै पिकनिक मनाएको उहाँले हामीलाई भन्नु भयो ।’ प्रमुख यादव भन्छन्, ‘अभिावककाका अगाडि माफि माग्न लगाएर कुरा सकिएको थियो सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा समाचार आयो त्यसैले शुक्रबार २४ घण्टे पत्र काटेका हौं, हिजो शनिवार पर्यो आज उहाँहरूको लिखित जवाफ आउँछ त्यसपछि हामी प्रक्रियामा जान्छौं ।’

सरकारले साक्षरता अभियान चलाएको १३ वर्ष पुरा हुने संघारमा पुगेको छ । देशका ५७ जिल्ला साक्षर भइसक्दा पनि मधेस प्रदेशका एउटै जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् ।

दर ४९.५४ प्रतिशत साक्षरता प्रतिशत रहेको मधेस प्रदेशको रौतहटको साक्षरता प्रतिशत ४०–४२ प्रतिशतको हाराहारीमा (४१.६९) मात्र छ ।

हरेक वर्ष सार्वजनिक शिक्षा सुधारका नाममा राज्यले ठुलो धनरासी खर्च गर्छ । हरेक नेपालीको थाप्लोमा हरेक वर्ष ऋणको भार थप्दै विभिन्न शीर्षकमा हरेक विद्यालयमा बजेट पुर्याउँछ । पछिल्लो समय सरकारले दिवा खाजा नामक कार्यक्रम विद्यालयमा पुर्याएको छ । थोरे रकम भएपनि विद्यार्थीको खाजाका नाममा विद्यालयमा पुगेको छ तर यसको व्यापक दुरुपयोग विद्यालयले गरे पनि टुलुटुलु हेरे बस्नु सिवाय मधेश प्रदेशका स्थानीय तहका शिक्षा शाखाका कर्मचारीले केही गर्न सक्दैनन् । शिक्षा शाखाले दरबन्दी मिलान गर्नु पर्यो भने पहिलो स्थानीय राजनैतिक दलका कार्यकर्ताबाट नेताबाट अनुमति लिनु पर्ने अवस्था छ मधेश प्रदेशमा भएको यथार्थ बताउँदा आफ्नो ज्यानै जोखिममा हुने मधेश प्रदेशको एक स्थानीय पालिकाका शिक्षा अधिकृत बताउँछन् । ‘विभिन्न चाडपर्वका नाममा उच्छृङ्खल गतिविधि सञ्चालन भए पनि यहाँ केही गर्न सक्ने अवस्था छैन, तपाईंहरू समाचार लेखिदिनु हुन्छ हामी गासबास उठ्की भन्ने चिन्तामा हुन्छौं ।’ उनी थप्छन्, ‘अनियमितताको कुरौं नगर्नु यहाँ भनेर साध्यै छैन विद्यालयबाट प्रक्रिया पुर्याएर दिवा खाजामा समेत अनियमितता हुन्छ हुने गरेको छ हामी केही गर्न सक्दौनौं ।’

Thuprai - Books and E-books