A Levels MA

केन्द्रमा ताला लगाउने विद्यालय कर्मचारीको चेतावनी

शिक्षा ताथा मानव स्रोत विकास केन्द्रमा नेपाल विद्यालय कर्मचारी परिषद्ले तालाबन्दी गर्ने कार्यक्रम अघि सरकेका छन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै  विद्यालय कर्मचारीहरुले आन्दोलनका कार्यक्रममा केन्द्रमा भदौ दुई गते तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

आज आयोजित पत्रकार सिम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्ले भदौ १ गते शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडी ११ बजेदेखी ४ बजे सम्म धर्ना दिने र भदौ २ गतेकेन्द्रमा तालाबन्दी गर्ने  कार्यक्रम सार्वजनिक गरेका छन् ।

परिषद्ले शिक्षक महासंघ मार्फत पटक पटक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग विभिन्न सहमति गरेता पनि सम्झौता कार्यन्वयन नगरी विद्यालय कर्मचारीलाई निराश बनाउनुको साथै सरकारले आन्दोलनका कार्यक्रम अगाडी सार्न बाध्य पारेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगा राम तिवारीले बताए ।

त्यसैगरी पूर्ण सेवा सुविधाको ग्यरेन्टी तत्काल गर्नुपर्ने माग सहित विद्यालय कर्मचारी सहायक लेखापालको तलब ३६हजार ७३० र विद्यालय सहयोगिको तलब २६हजार २१० कायम गरीनुपर्ने परिषद्को माग छ ।

त्यस्तै आर्थिक वर्ष २०७९ ०८० मा नेपाल सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब वृद्धि विद्यालय कर्मचारीमा पनि हुनुपर्ने, निजामती कर्मचारी तथा शिक्षकहरुलाई दिइ रहेको महँगी भत्ता दुई हजार उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८–७९ को बजेटमा उल्लेख भए अनुसार वालविकास सहजकर्तालाई स्थानीय सरकारबाट ७ हजार उपलब्ध गराउनु पर्ने, विद्यालय कर्मचारीहरुको कोटालाई तहगत दरबन्दीमा परीणत गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीहरुलाई तहगत रुपमा निजामती कर्मचारीले पाए सरहको सेवा सुविधा दिनुपर्ने लगायतका माग रहेका छन् ।

Thuprai - Books and E-books