After SEE Portal

विविध कार्यक्रमकाविच वागीश्वरीको ६४ औं वार्षिकोत्सव सम्पन्न

Bridge Course

वागीश्वरी माध्यमिक विद्यालयले आफ्नो ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्ष मनाएको छ । विद्यालयमा दीर्घ सेवा गर्न शिक्षक कर्मचरीलाई सम्मान र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथिनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले प्रावि शिक्षकहरू राजेन्द्र भण्डारी, प्रमिला प्रधान, ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एसईई टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गरेका थिए । बागीश्वरी स्मारिका पनि विमोचन गरेका थिए ।

सो समारोहलाई सम्बोधन गर्दै उनले शासक दलहरूबाट गरिब जनतालाई शिक्षाको पहुँचबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

‘सरकारको नीतिगत खोटको विरोध र आलोचनालाई देशभक्त जनताले निरन्तरता दिनुपर्छ ।’ उनले भने, ‘विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्दैनन् ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरीअन्तर्गत ३ वटा कलेजहरू संयुक्त रुपमा अगाडि बढाइरहेको बताए ।

देशकै नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्ने उद्देश्यअनुरुप यी शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको उनले जानकारी दिए ।

उनले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरणको रुपमा बागीश्वरी रहेको बताउँदै बागीश्वरीले हरेक चुनौतीलाई अवसरको रुपमा परिणत गरी आजको सफलता हासिल गरेको बताए ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रष्ट पारे ।

बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा बागीश्वरीले शिक्षामा नमुना काम गरी नविन आयाम थपिरहेको बताए । ख्वप विश्वविद्यालय स्थापनाको निम्ति संघर्ष जारी रहने जानकारी दिए ।

उनले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउँदै बागीश्वरीले बीबीएको कक्षा सञ्चालनसँगै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयको रुपमा सञ्चालनमा रहेको बताउँदै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रुपमा अगाडि बढाउन टेवा पुगेको बताए ।

प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्र प्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको बताउँदै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको बताए ।

वार्षिकोत्सव कार्यक्रममा बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भने, बागीश्वरी कलेजका प्रमुख धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बागीश्वरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र ज्याख्वले सभा बिसर्जन गरेका थिए । भने सहायक प्रधानाध्यापक उकेश सुवालले धन्यवादज्ञापन गरेका थिए ।

 

A Levels MA