After SEE Portal

घरैमा बसेर घरभाडा पचाउँदै उपकुलपति

Bridge Course

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले उपत्यका भित्रै घर भएर पनि आफ्नो तलबको ५० प्रतिशत घरभाडा लगायतका अतिरिक्त शीर्षकमा भत्ता लिने गरेको पाइएको छ । विगत १८ महिनादेखि त्रिविका उपकुलपतिले उपत्यकामा घर भएर पनि घरभाडा लिँदै आएका छन् । विद्यार्थीलाई विभिन्न शीर्षकमा शुल्क लिँदै घरैमा बसेर घरभाडा पचाउँदै आएका छन् ।

विद्यार्थीलाई विभिन्न शीर्षकमा लिएको शुल्कको घरैमा बसेर दुरुपयोग गर्दै आएका हुन् । उपत्यकामा घर भएर आफ्नो कार्यकक्षमा पुग्न २० मिनेटको पैदल दुरु भएका उपकुलपतिले समेत घरभाडा असुल्दै आएका छन् ।

नागरिकता लिएको जिल्लाको पुर्खौली घर देखाउँदै आफ्नै करेसामा बसेर घरभाडा लिएका हुन् ।

पूर्व उपकुलपति तीर्थ खनियाँकै पालादेखि घर भाडा लिन सुरु गरिएको हो । काठमाडौंमा भएको आफ्नो घर भाडामा लगाएर खनियाँआफू अपार्टमेन्टमा बस्ने गरेको र घर भाडा  बापत आफ्नो तलबको ५० प्रतिशत रकम लिन गरेको पाइएको छ ।  कार्यकारी परिषद्बाट गोप्य रुपमा निर्णय गराएर नै घरभाडालिने गरेको पाइएको हो ।

पूर्व उपकुलपति बास्कोटाले गराएको निर्णयमा पदाधिकारीले पाउने तलबको ५० प्रतिशत घर भाडा लिन पाउने व्यवस्था भएको त्रिवि आर्थिक प्रशसन शाखाले जानकारी दियो ।

त्रिविका वर्तमान निमित्त उपकुलपतिले समेते आफूले जिम्मेबारी सम्हालेको सुरुको महिनादेखि नै घर भाडा बापत मासिक ४४ हजार ५ सय ३८ रुपियाँ अतिरिक्त पैसा लिँदै आएका छन् । त्रिविको कार्यकारी परिषद्ले गरेको निर्णायमा उपत्यका भित्र घर नभएका उपकुलपतिलाई मात्र घरभाडा दिने उल्लेख भए पनि उपकुलपति कार्यालयलेखि आँधा घण्टाको पैदल दुरीमा घर भएको भुसालले घरभाँडा लिँदै आएका हुन् ।

कर्मचारीहरूको विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त सेवा सुविधा कटौती गर्ने निर्णय गराउन सफल पूर्वउपकुलपति प्राडा बास्कोटा र रजिस्ट्रार पेसल दहालले उपकुलपतिको घरभाडा भने कट्टि नगराएको आर्थिक प्रशासन शाखाका एक कर्मचारीले बताए ।

कार्यकारी परिषद्को निर्णयअनुसार नै काठमाडौंमा घर नभएका पदाधिकारीले आफ्नो तलबको ५० प्रतिशत अलाउन्स खर्च पाउने आर्थिक प्रशासन महाशाखा प्रमुख कुमार प्रसाद हुमागाइले बताए । ‘कार्यकारी परिषद्को डेढ वर्ष पुरानो निर्णय अनुसार नै उपकुलपतिले घर भाडा पाउनु भएको हो ।’ उनले भने, ‘त्रिविले उपकुलपतिलाई अहिले मात्र नभएर परिषद्को निर्णयपछि निरन्तर अलाउन्स खर्च प्रदान गर्दै आएको छ ।’

A Levels MA
Thuprai - Books and E-books