SEE Result 2082

बालबालिकालाई खोप अभियान असार ९ गतेदेखि सञ्चालन गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सा्रेत विकास केन्द्र, प्याब्सन, केन्द्रीय कार्यालय, एनप्याब्सन, केन्द्रीय कार्यालयलाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको हो ।

सरकारको नीति अनुसार ५ वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ ।

असार ९ गते देखि १५ गते २७ जिल्ला र भदौ ५ गते देखि ११ गते सम्म ५० जिल्लामा दुई चरणमा गरी कोभिड १९ विरुद्ध पहिलो श्रृखलाको खोप दिन अभियान सञ्चालन गरिने भएको हो ।

५ वर्ष देखि १२ वर्षमुनिका बालबालिकाहरु मुख्य रुपमा विद्यालयमा रहने र खोप अभियान पनि विद्यालयमा नै केन्द्र राखी संचालन गरिने, उक्त उमेर समूहका साना बालबालिकालाई खोप बारेमा जानकारी नहुने हुँदा यो अभियानलाई प्रभावकारी बनाउन मातहतको निकाय, विद्यालय तथा सरोकारवालालाई सहयोग र सहजीकरणको लागि पत्राचार एवं समन्वय गरिदिनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सा्रेत विकास केन्द्र, प्याब्सन, केन्द्रीय कार्यालय, एनप्याब्सन, केन्द्रीय कार्यालयलाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको हो ।

निजी तथा सामुदायिक विद्यालयले विद्यालयमा रहेका ५ देखि १२ वर्ष मुनिका वास्तविक विद्यार्थी संख्या यथाशक्य चाडै नजिकको स्वास्थ्य संस्था वा वडामा उपलब्ध गराउनु पर्ने,  उक्त उमेर समूहका बालबालिकालाई दिईने कोभिड १९ विरुद्धको खोप अन्य खोप भन्दा फरक बनावट र मात्राको रहेको र एक पटक मात्र उपलब्ध हुन सक्ने भएकोले बालबालिकाहरुलाई नछुटाई खोप लगाउने, उक्त खोप अभियानको खोप केन्द्र संचालन, व्यवस्थापनमा विद्यालयबाट सहयोग गर्न, विद्यालयमा संचालन हुने खोप केन्द्रबाट अन्य जुनसुकै विद्यालय, समुदायमा रहेका बालबालिकालाई समेत खोप उपलब्ध गराउने व्यवस्था गर्न मन्त्तालयले आग्रह गरेको छ।

 खोप लगाउने दिन विद्यालय बन्द वा बिदा भएको भए खोप केन्द्र संचालनको दिन विद्यालय खुल्ला गर्न र खोप अभियानको बारेमा शिक्षक विद्यार्थी मार्फत लक्षित समूह, मिति र स्थानको बारेमा व्यापक प्रचार प्रसार गरिदिन आग्रह् गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal