नवीकरण नभएका कलेजलाई वैशाख मसान्तभित्र स्पष्टीकरण पेस गर्न त्रिविको निर्देशन(नवीकरण भएका कलेजको विवरणसहित)

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले हालसम्म नवीकरण नभएका क्याम्पसहरूलाई वैशाख मसान्तभित्र स्पष्टीकरण दिन सूचित गरेको छ ।

कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण नगरेको पाइएकोले उक्त कलेजहरूलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने ? सो सम्बन्धमा कुनै मनासिव कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरूमा निवेदन दिन सूचित गरेको हो ।

व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्राज्ञिक नियन्त्रणमा रही सम्बन्धन नवीकरण नभएका क्याम्पसबाहेक यस्ते निर्देशन दिएको हो ।

नवीकरण भएका कलेजहरूले नवीकरण पत्र लिन त्रिवि विनियोजन शाखाबाट त्रिवि विनियोजन शाखाको चल्ती खाता नं ०४५००१००१०११५३०००००१ मा प्रति सङ्काय रु. दुई हजार बुझाएको अनलाईन रसिदको प्रतिलिपि र निवेदन सहित योजना निर्देशनालयमा सम्पर्क राख्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

नेपाली नामाकरणलाई अङ्ग्रेजीमा लेख्दा वा अन्य कारणहरूले नवीकरण भएका क्याम्पसहरूको नाम, स्थान, अद्यावधिक विवरण अन्यथा भएमा कार्यालयको आधिकारिक रेकर्ड बमोजिम हुने र सोही बमोजिम नवीकरण भएको मानी नवीकरण पत्र दिइने सूचनामा भनिएको छ ।

विभिन्न संकाय तथा संथानहरुको कार्यक्रमहरु सम्बन्धन लिएका क्याम्पस र कलेजहरुले कुनै वा सबै कार्यक्रमहरु खारेजी गर्न चाहेमा त्रि.वि. योजना निर्देशनालयमा निवेदन दिनुहुन समेत सुचित गरेको छ ।

नवीकरण भएका कलेजहरू

Thuprai - Books and E-books