After SEE Portal

रामेछापको गौरीङ्कर माध्यमिक विद्यालय भवन पुनः निर्माण कार्य सम्पन्न

Bridge Course

काठमाडौँ, १८ मङ्सिर (रासस) : अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र एशियाली विकास बैंकको सहकार्यमा रामेछापको गौरीङ्कर माध्यमिक विद्यालय भवन पुनः निर्माण कार्य सम्पन्न भएको छ । 

विसं २०७२ बैशाखको विनाशकारी भूकम्पले सो विद्यालयको भौतिक संरचना क्षतिग्रस्त भएको थियो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले सो भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण भइरहेका विभिन्न २९ वटा विद्यालयमध्ये सबैभन्दा पहिले सो विद्यालयको पुनः निर्माण सम्पन्न भएको हो । भवन हस्तान्तरका अवसरमा राजदूत बेरीले भूकम्पले क्षति पु¥याएका विद्यालयको पुनः निर्माणमा सहयोग गर्न पाउँदा अमेरिकी सरकार गौरवान्वित रहेको बताउनुभयो । 

राजदूतावासका अनुसार अमेरिकी सरकारले भूकम्प प्रभावितहरूको उद्धार एवं त्यसपछिका पुनः निर्माण कार्यमा १९ करोड अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ । 

A Levels MA
Thuprai - Books and E-books